JanataToday.com

Advertisment

SKIP THIS

तीन प्रदेशको सीमा विवाद

तीन प्रदेशको सीमा विवाद

बाँके । प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको सयौँ बिघा जमिनमा विवाद भएको छ ।

बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमिनको विवाद छ ।

बबई नदी वरिपरी बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्सामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ ।

सीमा निर्धारण आयोग नबन्दा प्रदेशस्थित जिल्लाका सीमा विवाद अल्झिएको छ ।

सीमा विवाद सम्बन्धमा प्रदेश नं ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको कमाटु दिगो विकास समितिका बिन्तीराम थारुले बताए ।
“कर्णाली र बबई नदीको सीमा क्षेत्रमा रहेका बर्दियाका भूमि विवादित छ”, उनले भने ।

जिल्लाबाट सीमा विवादका उजूरी सङ्घीय तथा प्रदेश सरकारमा पेश भए पनि आयोग गठन हुन नसक्दा विवाद समाधान भएको छैन ।

सीमा निर्धारणका लागि संवैधानिक आयोग गठन गर्ने कानूनी व्यस्था छ ।

भूगोलको विवाद हुँदा विवादित क्षेत्रमा परेका सर्वसाधारण समस्यामा परेको स्थानीयवासी बताउँछन् ।

यी क्षेत्रमा कुन जिल्लाका तर्फबाट विकास गर्ने भन्ने तय नहुँदा समस्या देखिएको हो ।

प्रदेश नं ५ को बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबीच सीमा विवाद छ ।

बर्दियाको सीमाअन्तर्गत कर्णालीको सुर्खेत जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्लामा सीमा विवाद रहेको जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारुले बताए ।

भेरीगङ्गा र बागढी नगरपालिकाको सीमा व्यवस्थित गर्न पहल गरिए पनि सुनुवाइ भएको छैन ।

सीमा निर्धारण गरी सङ्घीय तथा प्रदेश सरकारमा पठाइए पनि सिमा विवाद समाधान भएको छैन ।

समन्वय समितिमार्फत सम्बन्धित प्रदेशका जिल्लासँग कुराकानी भइसकेको छ तर विवाद समाधान हुन नसकेको प्रमुख थारुले बताए ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विषय सङ्घमा राखिने जानकारी दिए ।

नहरमा अवरोध गहुँ र आलु खेतीका लागि नहरमा पानीको माग भएपछि बबई सिंचाइ आयोजनाबाट नहरमा पानी सञ्चालन हुँदा निर्माणका काममा अवरोध भएको छ ।

आयोजनाले हिउँदे बालीका लागि गत पुस पहिलो हप्तासम्ममा मात्र पानी सञ्चालन गर्ने भने तापनि कृषकको मागअनुसार पानी दिँदा नहरको तारजालीका काममा अवरोध भएको आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिए ।

काममा अवरोध भए पनि सिंचाइबाट खेतबारी हरियाली भएको र उत्पादन बढ्ने आशा पलाएको बारबर्दिया –११ का कृषक दयाराम थारुले बताए ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij