काठमाण्डौ – सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ ।
बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ ।
यो आर्थिक वर्षको लागि ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पूँजीगत अर्थात विकास बजेट छुट्याएकोमा माघको अन्त्यसम्ममा जम्मा साढे २२ प्रतिशत अर्थात ७० अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ ।
यस्तै ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ चालु खर्च छट्याएकोमा ७ महिनामा ४१ दशमलव ५३ प्रतिशत अर्थात ३ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भएको छ ।
यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ खर्ब ७१ करोड रुपैयाँ छुट्याइएकोमा ७ महिनामा २० दशमलव ६४ प्रतिशत अर्थात ३२ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।
सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन सकेको छैन ।
यस्तै बजेट खर्च बढाउनकै लागि सार्वजनिक खरिद ऐन सुधार गरिएको सरकारको दावी भए पनि चालु आर्थिक वर्षको ७ महिनाले सरकारको दावीलाई पत्याउने अवस्था देखाएको छैन ।
सात महिनाको खर्च हेर्दा सरकार विकास बजेट खर्चमा असफल देखिएको अर्थविद्हरुले दावी गरेका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्