JanataToday.com

Advertisment

SKIP THIS

चालीस हजार अण्डा नष्ट

चालीस हजार अण्डा नष्ट

भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ ।

चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो ।

सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए ।

विशेष सूचनाका आधारमा अवैध अण्डा ल्याएको भेटेपछि अण्डा नष्ट गरिएको उनले बताए ।

दुवै ह्याचरीबाट अण्डा उत्पादनका लागि ह्याचरसेटमा राखिएकै अवस्थाबाट निकालेर अण्डा नष्ट गरिएको हो ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय र जिल्ला पदाधिकारीको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले उद्योगमै पुगेर अण्डा नष्ट गरेका हुन् ।

आज मिलन ह्याचरीले अवैध रुपमा ल्याएको १० हजार अण्डा पशुविज्ञ केन्द्रमा नष्ट गर्ने तयारी गरिएको पौडेलले बताए ।

अण्डासहितको गाडी उद्योगीले नियन्त्रणमा लिई पशुविज्ञ केन्द्रमा बुझाएका हुन् ।

यी ह्याचरीले यसअघि पनि पटक–पटक भारतबाट अवैध रुपमा अण्डा ल्याउने गरेका थिए ।

ह्याचरी उद्योगलाई धरासायी बनाउन भारतबाट बर्डफ्लु लागेको अण्डा अवैध रुपमा भित्र्याइएको पौडेलले बताए ।

रोगको प्रकोप फैलाउन अण्डाको अवैध कारोवार बढेको उनको भनाइ छ ।

नेपालमा २१५ ह्याचरी उद्योग छन् भने चितवनमा मात्रै सयभन्दा बढी उद्योग छन् ।

प्रतिहप्ता ३० हजार बोइलर चल्ला र तीन लाख लेयर्स चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij