JanataToday.com

Advertisment

SKIP THIS

पर्यटकीय स्थल नरपानीमा विपि स्मृति पार्कको शिलान्यास

पर्यटकीय स्थल नरपानीमा विपि स्मृति पार्कको शिलान्यास

अर्घाखाँची । पर्यटकीय स्थल नरपानीमा विपि स्मृति पार्कको निर्माण हुने भएको छ । निर्माण हुन थालेको पार्कको एक कार्यक्रमका विच नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शिलान्यास गरेका छन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेता पौडेलले भ्रष्टाचारको जगमा देशमा विकास र समृद्धि हुन नसक्ने वताए ।

नेता पौडेलले सरकार शान्ति विकास र शुसाशन दिन पूर्ण रुपमा असफल भएको बताउदै सरकारले एक वर्षको सहज र सौहाद्रपूर्ण वातारणमा पनि केहि गर्न नसकेको आरोप लगाए ।

सिके राउतसंग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको आरोप लगाउदै ‘सरकार कति धेरै अपरिपक्व रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ– उनले भने ।

सरकारले गम्भीरतापुर्वक डिल गरेन, सम्झौता पत्रमा लेखिएका भाषाहरु राष्ट्रको हितमा छैनन, यसले सरकारको गरिमा निकै कमजोर भयो ।

पौडेलले केपी ओली प्रधानमन्त्री भएर पनि उखान टुक्कामा मात्र सिमित भएको बताउदै अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ती ढाक छोप गर्ने प्रपन्च भएको आरोप लगाए ।उनले छानविन आयोग भन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने कामा मात्रै गरको बताए ।

उनले देशमा भष्ट्राचार मैलाउदै गएको भन्दै सुनकाण्ड, वाइटवडी खरिद प्रकरणदेखि लिएर चिनी काण्ड सम्म सरकार असफल भएको अरोप लगाए ।
नेपाल निजामती कर्मचारी युनियन संघको अगुवाइ र सन्धिखर्क नगरपालिका वाड नम्वर ६ को विशेस सक्रियतामा विपि स्मृति पार्कको निर्माण हुन थालेको हो ।

नरपानीमा बन्ने विपि स्मृति पार्कको निर्माणकालगिा झण्डै सात करोडको डिपिआर तयार भएको नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शेसकान्त घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij