बुटवल । रूपन्देहीमा रहेको गोयन्का स्टिलको कम्पनीमा आगो लागेको छ ।
मायादेवी गाउँपालिका स्थित बेथरीमा रहेको गोयन्का स्टीलसको कम्पनीमा आगो लागेको हो ।
भैरहवा लुम्बिनी सडक अन्तरगत बेथरी चोकदेखि करिव ५ सय मिटर पश्चिममा रहेको उक्त स्टील्सको फर्नेस आयलमा सल्केकोे बताईएको छ ।
सिद्धार्थनगर नगरपालिका र तौलिहवाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणको प्रयास भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।
बेथरी प्रहरीले आगो निभाउने काममा सक्रियता देखाएको छ र जिल्लाको प्रहरी टोली ससस्त्र प्रहरी तथा नेपाली सेनाको अग्निनियन्त्रण टोली घटनास्थल पुग्न लागेको प्रहरीले जनाएको छ ।
अहिले सिद्धार्थनगर नगरपालिका र तौलिहवाको बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानियले आगो नियन्त्रण गर्ने प्रयास भई रहेको उनले बताए ।
फर्नेस आयलको टंकीमा बिस्फोट भई आगो लागेको उद्योग ब्यवस्थापनलाई उद्धृत गर्दैै घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय बेथरीका प्रमुख लक्ष्मण बिकले बताए ।
उक्त घटनामा मानविय क्षति नभएको र भौतिक क्षतिको बारे पुर्ण बिवरण आउन केही समय लाग्ने प्रहरीले बताएको छ । आगो के कति कारणले आगेको हो खुल्न सकेको छैन ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्