विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
विराटनगरको शहीद मैदानमा समूह चरणको अन्तिम खेलमा दिउँसो तीन बजे भारत र श्रीलंका भिड्नेछन् । समूह ‘बी’ को अन्तिम खेलमा आज श्रीलंकाले डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुवैै टिम जितको खोजिमा हुनेछन् । यो खेलले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लाग्नेछ । भारत र श्रीलंकाबीचको विजेताले समूह ‘ए’को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, भारत र श्रीलंकाबीच पराजित हुने टिमले समूह ‘ए’ को विजेता आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । यता, श्रीलंकाले पनि माल्दिभ्सलाई आफ्नो पहिलो खेलमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले भने बंगलादेशलाई समूह ‘ए’ को अन्तिम खेलमा ३–० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । आफ्नो पहिलो भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्