फेसबुक मेसेन्जरमा पनि डार्क मोड

फेसबुक मेसेन्जरमा पनि डार्क मोड

फेसबुक मेसेन्जरमा पनि डार्क मोड आएको छ | तर यो डार्क मोड सुचारु गर्न सानो जुक्ति लगाउनु पर्ने हुन्छ | डार्क मोडले फेसबुक मेसेन्जरको इन्टरफेसलाई डार्क अर्थात् ब्याकग्राउण्ड कलर कालो बनाऊछ | डार्क मोडले ब्याट्रीको खपत पनि कम गर्छ भने डार्क मोडले आखाँमा कम असर गर्छ |

मेसेन्जरमा लुकेको डार्क मोड सुचारु गर्नका लागि चन्द्रमाको इमोजी प्रयोग गर्नु पर्ने हुन्छ | डार्क मोड सुचारु गर्ने तरिका :

०. प्लेस्टोर वा एप स्टोरबाट मेसेन्जर अपडेट गर्नुहोस्

१. मेसेन्जरको कुनै पनि एउटा फ्रेन्डको च्याट खोल्नुहोस्

२. माथिको दाहिने पट्टि रहेको गोलोमा (i) चिन्हलाई सेलेक्ट गर्नुहोस्

३. अलि तल स्क्रोल गर्नुहोस् र Emoji मा जानुहोस्

४. Emoji को सूचीबाट चन्द्रको इमोजी सेलेक्ट गर्नुहोस्

५. च्याटमा लाइक बटनको सट्टा अब चन्द्रको इमोजी आउनेछ

६. उक्त चन्द्रको इमोजीलाई सेन्ड गर्ने बित्तिकै तपाईं “You Found Dark Mode!” अर्थात् “तपाईंले डार्क मोड भेटाउनु भयो” भन्ने सूचना देख्नु हुनेछ

७. आफ्नो प्रोफाइलको आइकनमा सेलेक्ट गरेर सेटिंग भित्र तपाईंले Dark Mode भन्ने विकल्प देख्नुहुनेछ

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij