पाल्पा । स्थानीय तहले लिने कक्षा ८ को परीक्षाको रामपुर नगरपालिकका नगर प्रमुख सहितको एक टोलीले आज विभिन्न विद्यालयमा अनुगमन गरेको छ ।
गत फागुन २९ देखि चलेको परीक्षाको आइतवार नियमित गणित विषयको परीक्षाको नगर प्रमुख रमण बहादुर थापा सहितको टोलीले अनुगमन गरेको हो ।
राज्य पुर्नसंरचना अनुसार शिक्षा ऐन २०७४ को अधिकार अनुसार गतबर्षदेखि स्थानीय तहले नै कक्षा ८ को परीक्षा लिने व्यवस्था छ । यसअघि जिल्ला शिक्षा कार्यालयले जिल्ला स्तरीय परीक्षाका रुपमा कक्षा ८ को परीक्षा लिने गर्दथ्योे ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, नगर शिक्षा अधिकृत रमाकान्त अर्याल, परीक्षा सञ्चालन समिति सदस्य तेज कुमारी नेपाली, पत्रकार लगायतको टोलीले ३ वटा विद्यालयमा सञ्चालित कक्षा ८ को परीक्षाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा स्थानीय तहले लिने परीक्षा निकै मर्यादित भएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।परीक्षा सञ्चालन अनुगमनको जिम्मा स्थानीय तहले लिने व्यवस्था अनुसार व्यवस्थापनलाई महत्व दिएर परीक्षा चलाइएको बताए ।
जहाँ अनुगमन गरिएको विद्यालय छ त्यहाँ अत्यन्तै मर्यादित अनुशासित भएर विद्यार्थीले परीक्षा दिएको भेटियो,नगर प्रमुख थापाले भने–कुनै पनि विद्यार्थीलाई पढेर मात्र पास गर्न सकिन्छ भन्ने भावना विद्यार्थी शिक्षकमा जागृत गराएकाले त्यही किसिमले निरन्तरता परीक्षामा पाएको छ ।
टोलीले जनविकास माबि रामपुर ३ रजघरा, छम्के आधारभूत विद्यालय र चन्द्रोदय माबि रानपा १ को विद्यालय अनुगमन गरेको हो । टोलीले परीक्षा वातावरण, परीक्षा अबस्था, उपस्थितिका बिषयमा अबलोकन गरेको हो ।
अबलोकनका क्रममा धेरै परीक्षा केन्द्रमा परीक्षा नियमित र मर्यादित भएको पाइएको छ । छम्के आधारभुत विद्यालयमा कक्षा ८ मा ७ विद्यार्थी, चन्द्रोदय माविमा १५ विद्यार्थी परीक्षामा सहभागी छन् भने जनविकास माबिमा ५० विद्यार्थी सहभागी छन् ।
नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले पाल्पाको परीक्षा मर्यादित र व्यवस्थित छ भन्ने गरि नै परीक्षा चलाइएको बताए । उनले गतबर्ष पहिलो पटक स्थानीय तहले परीक्षा लिएकोमा अहिले गतबर्षको अनुभवबाट अझ व्यवस्थापनमा जोड दिएको बताए ।
परीक्षाको पहिलो दिनदेखि नियमित अनुगमन गरिरहेको बताउदै उहाँले सबै केन्द्रमा शान्त पुर्वक परीक्षा चलेको बताए ।
गतबर्ष ५ बिषयमा मात्र अन्य विद्यालयका सुपरिवेक्षक खटाएकोमा अहिले ८ दिन नै सुपरिवेक्षकको व्यवस्था, नगरपालिकामा बिषयविज्ञको टिमबाट नै परीक्षा पेपर तयार लगायतको काम यो बर्ष थप गर्न सफल भएको उनले बताए ।
विद्यालयमा अहिले बार्षिक परीक्षा चलिरहेकाले टोलीले अन्य कक्षाको वार्षिक परीक्षाको बिषयमा पनि जानकारी लिएको थियो । एसईई परीक्षाको केन्द्र रहेको जनविकास माबि परीक्षा केन्द्रमा वाल निर्माण भइरहेकोले चैत १० भित्रै वाल लाइसक्न नगर प्रमुख थापाले निर्देशन दिए ।
आगामी चैत्र ८ गते सम्म परीक्षा चल्नेछ । यसबर्ष रामपुर नगरपालिकाका २७ विद्यालय कक्षा ८ को परीक्षामा सहभागी छन् । गतबर्ष २५ विद्यालय भएकोमा यस बर्ष १ सामुदायिक र १ संस्थागत विद्यालय थप भएका छन् ।
वडा नम्बर ८ को जानकी आधारभूत विद्यालय र वडा नम्बर १० को गेझा सनराइज बोडिङ स्कुल पहिलो पटक कक्षा ८ को परीक्षामा सहभागी भएको नगर शिक्षा प्रमुख अर्यालले बताए ।
जहाँ २१ सामुदायिक विद्यालयका ७ सय ३३ र ६ संस्थागत विद्यालयका १ सय ९५ विद्यार्थी गरी ९ सय २८ विद्यार्थी नगर स्तरीय परीक्षामा सहभागी भएका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्