स्मार्टफोनमा राम्रो क्यामेरा खोज्छन् ८९ प्रतिशत भारतीय ग्राहक

स्मार्टफोनमा राम्रो क्यामेरा खोज्छन् ८९ प्रतिशत भारतीय ग्राहक

काठमाडौं । स्मार्टफोन खरिद गर्दा फोनको हार्डवेयर र सफ्वेयरको विषयमा फरकफरक फिचर्सबारे निकै ध्यान दिने गरिन्छ ।

पछिल्लो रिपोर्टअनुसार ८९ प्रतिशत भारतीय स्मार्टफोन खरिदकर्ताको लागि पहिलो प्राथमिकतामा राम्रो क्यामेरा पर्ने गरेको छ ।

त्यसपछि ८७ प्रतिशतले ब्याट्रिको लाइफ हेर्ने गरेका छन् भने ७९ प्रतिशतले र्‍याम र ७२ प्रतिशतले इन्टर्नल मेमोरीमा ध्यान दिने गरेका छन् ।

साइबर मिडिया रिसर्च (सीएमआर)को एक रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।

साइबर मिडिया रिसर्चको यो सर्वे फेब्रुअरी २०१९ मा भारतका ८ शहरका १५ देखि ३० वर्षका युवामा गरिएको थियो ।

सर्वेमा बताइएअनुसार युवाहरु नयाँ स्मार्टफोनको परीक्षण गर्न पनि रुचाउने गरेको पाइएको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij