JanataToday.com

Advertisment

SKIP THIS

वाणगंगा नगरपालिकाको कार्यालयमा सूचनाको हक सम्बिन्धि निवेदन पेश

वाणगंगा नगरपालिकाको कार्यालयमा सूचनाको हक सम्बिन्धि निवेदन पेश

कपिलवस्तु। वाणगंगा नगरकार्यपालिकाको कार्यालय वाणगंगा ४ गजेहडा कपिलवस्तुमा सूचनाको हक सम्बन्धि निवेदन परेको छ ।

वाणगंगा नगरपालिकाको भवन निर्माणमा प्रयोग गरिएका सामग्रीहरुको स्थलगत अनुगमनको अवस्था, लगत टेष्ट रिपोर्ट, सम्झौता पत्र सो कार्यमा खर्च भएका विल भरपाई तथा भवन निर्माणका लागि गरिएको बोलपत्र आह्वान सम्बन्धि सूचनाको प्रतिलिपिको माग गर्दै नगरवासी रमेशचन्द्र भुषालले निवेदन पेश गर्नु भएको हो ।

भुषालले अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि आफुलाई त्यस सम्बन्धि सूचना आवश्यक परेको भन्दै सूचना माग गर्नु भएको हो ।

सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार सार्वजनिक निकायका सम्पूर्ण सूचनाहरु नागरिकले प्राप्त गर्ने व्यवस्था रहेको छ ।

नागरिकले सूचनाको हक सम्बन्धि निवेदन पेश गरेकोमा र त्यसको जवाफ एक हप्ता भित्र उपलब्ध नगराउने कार्यालय प्रमुखलाई कारवाहि हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij