आज तराई मधेसको होली चैत्र ७ गते बिहीवार तदनुसार २१ मार्च २०१९ काे राशिफल

जनता टुडे / बिहिबार, चैत्र ७, २०७५

आज मिति २०७५ चैत्र ७ गते बिहीवार तदनुसार २१ मार्च २०१९ विरोधकृतनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , फागुनशुक्लपक्ष, तिथिः– पूर्णिमा ३ घडी २७ पला, बिहान ७ वजेर ३२ मिनेटसम्म , नक्षत्र उत्तरफाल्गुनी २० घडी ३५ पला, दिनको २ वजेर ३५ मिनेट सम्म, योग – गण्ड, करण – बालव आनन्दादीयोग – मातङ्ग, चन्द्रमा – कन्या राशिमा, सूर्य– मीनराशिमा , बृहस्पति – धनुराशिमा, सूर्य उदय विहान ६ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ६ वजेर १५ मिनेटमा ।

आज तराई मधेसको होली ।

चन्द्रमा – दक्षिणमा छन् ।

योगिनी – वायव्य दिशा ।

कालराहु – दक्षिण दिशामा ।

दिशाशूल– दक्षिण दिशामा ।

राहुकाल – दिनको १ वजेर ४२ मिनेट देखि ३ वजेर १३ मिनेट सम्म । अशुभ

यमघण्टा –विहान ६ वजेर ६ मिनेट देखि ७ वजेर ३९ मिनेट सम्म । अशुभ

गुलीककाल– बिहान ९ वजेर १० मिनेट देखि १० वजेर ४० मिनेट सम्म । सौम्य

अभिजितमुहूर्त – विहान ११ वजेर ४७ मिनेट देखि १२ वजेर ३५ मिनेट सम्म ।

शुभवारलेला

शुभ वेला विहान ६ वजेर ८ मिनेट देखि ७ वजेर ३९ मिनेट सम्म ।

रोग वेला विहान ७ वजेर ३९ मिनेट देखि ९ वजेर १० मिनेट सम्म ।

उद्वेग वेला विहान ९ वजेर १० मिनेट देखि १० वजेर ४० मिनेट सम्म ।

चर वेला विहान १० वजेर ४० मिनेट देखि दिनको १२ वजेर ११ मिनेट सम्म ।

लाभ वेला दिनको १२ वजेर ११ मिनेट देखि दिनको १ वजेर ४२ मिनेट सम्म ।

अमृत वेला दिनको १ वजेर ४२ मिनेट देखि ३ वजेर १३ मिनेट वजे सम्म ।

काल वेला दिनको ३ वजेर १३ मिनेट देखि ४ वजेर ४३ मिनेट सम्म ।

शुभ वेला ४ वजेर ४३ मिनेट देखि ६ वजेर १४ मिनेट सम्म ।

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नवीन कार्योजनाले आगामी आर्थिक उन्नतीको ढोका खोल्न सक्ने योजना वन्नेछ , साथीहरु सँग आपसमा रमाईलो गरिनेछ । महिला साथीको सहयोगले कुनै नयाँ कार्योजना सुरु हुनसक्छ , रोग व्याधी शरीरवाट दूरहोलान् । आजको दिन तपाईको परोपकार तथा साथीहरुलाई सहयोग गरेर व्यतित गरिनेछ । स्वास्थ्य राम्रो रहला ।

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

आज हजुरको वाणीले सबैलाई मोहित गर्नेछ , यात्राको सोंचको उद्गम होला । वाद विवाद तथा अदालती फैसलामा जित हासिल गर्न सकिन्छ , आफ्नो काममा तदारुकता संग लागिनेछ । अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफलता दिनेछ । नवीन सम्बन्ध स्थापना गर्न सकिनेछ ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)

मानसिक तनावले थकानको महसुश होला , स्त्री एवं महिला साथि सँग मनमुटाव हुनसक्छ । मातृ सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ , लामो यात्रा लाई परै सारेको राम्रो हुन्छ । जमीको कारोवारी हरुका लागि खासै राम्रो दिन रहेको छैन ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साथिहरु सँगको मेल जोलले मनसिक थकान हटेर जानेछ , घरमा नयाँ नवीन स्थानमा घुम फीरका योजना बन्नेछन् । समाजमा मान सम्मानको वृद्धि हुनेछ, सजिलै चुनौती पूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । दाजुभाईको सहयोग साथ पाईएला । सानातिना अल्झनहरु आफै सुल्झने छन् ,तपाँईको कामको सवैले प्रशंसा गर्लान् ।


सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आर्थिक आय– व्यय समान रहेता पनि मनमा प्रशन्नता भने रहिरहनेछ, परिवारमा समय दिन सकिनेछ । ठुला व्यक्ति सग सम्पर्क बढ्नेछ, धन धर्मको प्राप्ती हुनेछ, शरीरिक फूर्ति बढेर जाला । प्रेममा सफलता मिल्ला, घर परिवार बाट सहयोग मिल्लनेछ । वोली व्यवाहारले सवैको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।


कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

आज धरै दिन देखि रोकिएका कर्यहरु सुचारु हुनेछन्, रोग शोक मुक्त होला । जोश जाँगर वढेर जनेछ , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । व्यापार वाट पर्याप्त लाभ होला, कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । आतिथ्यता ग्रहणको अवसर जुट्न सक्नेछ, भोज उत्सवमा सहभागी हुने अवसर जुट्नेछ ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)

शारीरिक तथा मानसिक चिन्ताले सताउनेछ , झै–झगडा वाद विवादमा महत्व पूर्ण समय गुम्न सक्छ ध्यान दिनुपर्ला । आँखामा विकार पैदा हुनसक्छ । कमाई भन्दा खर्च अधिक हुने संभावना छ । कार्यमा विलम्बता आउने छ । आफन्तसगँ भनाभन हुनसक्छ कमवोलेको वेश । मान हानि हुनसक्नेछ, सन्तानको सहयोग मिल्नेछैन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज पुराना साथीहरु सँग भेट हुनाले मनमा हर्ष छाउला, वौद्धिक तथा तार्किक क्षमतामा बृद्धि होला । धनलाभको मार्ग मिल्नेछ , नजीकको यात्रा लाभदयी रहनेछ । वाणिज्य तथा व्यावसायमा लाभ होला । वनाएका योजना पूरा होलान् , पति पत्नीबिचमा माया प्रेम गाढा होला , हाकिमलाई प्रशन्न वनाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पैतृक सम्पत्तीबाट लाभको संकेत देखापर्ला, आर्थिक कार्यदिशामा कुनै ठोश कार्योजना अघिबढ्नेछ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हात लाग्ने छ । स्त्री सहयोगले रोकिएको काम प्रगतिको पथमा लम्कनेछ । तथा सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ , मान सम्मान वढेर जाला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आत्मबिश्वास ले गर्दा कार्य क्षेत्रका चुनौति सहजै पार गरिएला , लेखन तथा सहित्यका विधामा लाग्नेहरुका लागी पहिचान वानउने अवसर मिल्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ । स्वास्थ्यमा सुधार होला, शरीर फूर्तिलो वन्नेछ , रोकिएको धन हात लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मनामा क्रोधको भावना पैदा होला , निषेधात्मक तथा नकारात्मक विचार देखि सावधान हुनुपर्नेछ । मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसगँ भनाभन हुनसक्छ कमवोलेको वेश । चोटपटकको सम्भावना तथा भय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

स्वजन तथा मित्रहरुको साथमा भोज एवं हाँस ख्यलमा सरिक होईनेछ , यशकीर्तिमा बृद्धिहोला । सरकारी कार्यवाट लाभ होला । तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ ,अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफल । मनका द्वधा हटेर जाला । पठन पाठनको दिशामा सकारात्म सोंच वन्नेछ ।