बुटवल
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले महासंघको केन्द्रिय समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाइ बुधबार बुटवलमा सम्मान गरेको छ ।
महासंघले केन्द्रिय महिला उद्यम समितिका बरिष्ठ उपाध्यक्ष शान्ति शर्मा,संस्थाका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य कनैयालाल कशोधन र वशन्त रोक्कालाइ खाँदा मालाले सम्मान गरीएको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षता,नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीका अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यता, सचिव महादेव अधिकारीको संचालनमा भएको कार्यक्रममा महिला उद्यम समितिका बरिष्ठ उपाध्यक्ष शान्ति शर्मा,संस्थाका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य कनैयालाल कशोधन, वशन्त रोक्का, महिला उद्यमी संघ लुम्बिनीका अध्यक्ष सावित्रा टन्डन,महासंघका सल्लाहकार तेजकुमार पाठक,निर्वतमान अध्यक्ष ध्रुबकुमार धिताल,महासंघ रुपन्देहीकी महिला समिति अध्यक्ष सुलोचना नेपाल लगायतले सुभकामना मन्तब्य राख्नु भयो ।
प्रकाशित मिति : बिहिबार, साउन ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्