अर्घाखाँची । मोेटरसाइकल दुर्घटनामा परि अर्घाखाँचीको सितगंगा नगरपालिकाका एक जानाको ज्यान गएको छ ।
सितगंगा नगरपालिका–३ ठाडा बजारटोलाका ३२ वर्षीय नन्दकुमार श्रेष्ठको मोेटरसाइकल दुर्घटनामा हिंजो मृत्यु भएको हो ।
तनहुँको सुक्लागण्डकी नगरपालिका–२ हलेदीमा बा ४ ख ७१० नम्बरको कन्टेनर मिनीट्रकले ना ४७ प ५५१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा श्रेष्ठको ज्यान गएको हो ।
श्रेष्ठको स्थाई घर अर्घाखाँची शितगंगामा भएपनी उनि ४ नम्बर प्रदेश प्रहरी कार्यालयमा प्रहरी जवान पदमा कार्यारत थिए ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको बिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने श्रेष्ठको शवलाई जिल्ला अस्पताल तनहुँमा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्