JanataToday.com

Advertisment

SKIP THIS

बसपार्कमा एक युवक मृत अवस्थामा फेला

बसपार्कमा एक युवक मृत अवस्थामा फेला

बुटवल– बुटवलको बसपार्कमा एक युवक मृत अवस्थामा भेटिएका छन् । गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षिय दीपक थापा बसपार्कमा रोकिराखेको बसको छतमा मृत अवस्थामा भेटिएका हुन् ।

लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो । सो गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले बसपार्कमा बस्दै आएका थापाको शव फेला परेको जानकारी दिए । ‘शव कुहिएको अवस्थामा फेला परेको छ’ भट्टराईले भने, ‘हत्या हो, या मृत्यु भएको हो अनुसन्धान गर्दैछौं ।’

प्रकाशित मिति : शुक्रबार, साउन १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij