पूर्वसांसद श्‍यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष जेलसहित १ लाख जरिवाना

पूर्वसांसद श्‍यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष जेलसहित १ लाख जरिवाना

ललितपुर- पाटन उच्च अदालतले सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।

व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न रहेको भन्‍दै न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको इजलासले उक्त फैसला सुनाएको हो।

जिल्ला अदालतको फैसला उल्टाउँदै उच्‍च अदालत पाटनले गुप्तासहित आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो।

यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए। २०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उक्त मुद्दामा सजाय निर्धारणको फैसला सुनाउँदै उच्च अदालतले यस्तो ठहर गरेको हो।

नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौती बापत ८५ लाख रूपैयाँ लिएर मुक्त गरेको अभियोग लागेको थियो।

गुप्तामाथि लागेको अपहरण तथा शरीर बन्धक अभियोगमा काठमाडौँ जिल्ला अदालतले ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो। न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला सुनाएको थियो। उनी पटक पटक यस्तो विषयमा जेल बसिसकेका छन्।

गुप्तामाथि २६ माघ ०६८ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले १७ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो। व्यापारी संघाई ७ पुस ०६८ मा राजधानीको कमलादी मन्दिर नजिकबाट अपहरणमा परेका थिए।

प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij