टेलिकमको फोरजी दशैंअघि, २० सहरमा सेवा शुरु हुने

टेलिकमको फोरजी दशैंअघि, २० सहरमा सेवा शुरु हुने

काठमाडौँ – नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने तयारी थालेको छ । आउँदो माघ मसान्तसम्म फोरजी सेवा देशैभर विस्तार गर्ने योजनासहित कम्पनीले अघिल्लो वर्ष माघ २० मा फोरजी विस्तारको लागि ठेक्का सम्झौता गरेको थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले दसैंअघि कम्तिमा २० प्रमुख सहरमा फोरजी विस्तारको तयारी भएको जानकारी दिए। उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गरिनेछ। नेपालभर ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन् ।

हाल नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ । परीक्षणको रुपमा २०७३ पुसमा सुरु गरिएको सेवाले ग्राहकको पछिल्लो आवश्यकता धान्न सकेको देखिँदैन् । फोरजी सेवातर्फका ग्राहकमा टेलिकमलाई अर्को सेवा प्रदायकले एनसेलले उछिनेको छ ।

एनसेलका दुई दर्जन बढी सहरमा फोरजी सेवा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार असारसम्ममा टेलिकमका फोरजी सेवा तर्फका ग्राहक ८ लाख पुगेको छ भने एनसेलको सोही सेवाका ग्राहक २९ लाख ३० हजार भन्दा बढी छन्।

प्रकाशित मिति : सोमबार, भाद्र २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij