रोहिणीमा भएको हत्याबारे प्रहरी अनुसन्धान : हत्याराको तस्वीर क्यामेरामा

रोहिणीमा भएको हत्याबारे प्रहरी अनुसन्धान : हत्याराको तस्वीर क्यामेरामा

बुटवल । आईतबार बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ४२ बर्षिय महेन्द्र चौधरी आफ्नी श्रीमती र काखे छोरालाई लु ९ प ८२३५ नम्बरको बाईकमा राखेर भैरहवाका लागि घरबाट निस्किएका थिए ।

भैरहवाको हिमालयन बैकबाट पैसा निकालेर दिउसो एक/डेढ बजेतिर भैरहवाबाट श्रीमती र छोरासहित घर फर्किदै थिए ।

बीच बाटोमै २ जना आए र रोके । रोहिणी गाउँपालिका ३ वसन्तपुरमा महेन्द्रलाई गोली हाने । साथमा रहेको ५ लाख रुपैयाँ, नागरिकता, चेकबुक लिएर उनीहरु भागे । महेन्द्रको त्यहीँ मृत्यु भयो ।
मृतककी १६ वर्षीया छोरी सोनम चौधरी आमाले भनेका कुरा उदृत गर्दै भन्छिन्–‘उनीहरुले साथमा रहेको अरु सामान पनि लगेछन् ।’
कक्षा १० मा पढ्दै गरेकी सोनमले आफ्नै काकीको योजनामा आफ्ना बाबुको हत्या गरिएको दाबी गरिन् ।

सोनमका काका धमेन्द्र चौधरीको मृत्यु अहिलेसम्म पनि रहस्यमय छ । प्रहरीले उनको मृत्यु दुर्घटनाका कारण भएको बताउँछ, तर परिवार त्यो स्वीकार्न तयार छैन । धर्मेन्द्रको मृत्युबारेको घटनाको न त गाउँलेले प्रष्ट बताउन सक्छन्, न त प्रहरी प्रशासनले ।

एउटा छोराको मृत्युको घटनाको पीडा भुल्न नसकेका कृष्णलाल चौधरी विक्षिप्त छन् । उनी कुरा गर्नसक्ने अवस्थामा पनि छैनन् । के भन्ने, के नभन्ने उनी अलमलमा छन् । छोराको किरिया बसेका उनी अर्धचेत अवस्थामै भन्छन्–‘कसले यस्तो गरिरहेको छ, कारबाही होस् ।’

सामान्य आर्थिक अवस्था रहेको परिवारमा आर्थिक समस्या देखिएको छ । आर्थिक अभाव टार्न र मृतकको काजकिरियाका लागि ओमसतिया गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) भन्छन्–हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्छ, के कारणले यस्तो भएको हो प्रहरी प्रशासनले प्रष्ट पानुपर्छ ।’

मृतक चौधरीको घरमा अहिले २ छोरी, एक छोरा, श्रीमती र बुबा–आमा छन् । उनका भाईको २ वर्ष अगाडि रहस्यमय तरिकाले मृत्यु भएको थियो । बुहारी र भाईका छोरा–छोरी अधिकांश समय माईतीमा बस्दै आएका छन् ।

स्थानीयका अनुसार महेन्द्र करीब ७ वर्षअघि वैदेशिक रोजगारबाट गाउँ फर्किएका थिए । खेतीकिसानी गर्ने उनले केही समययता स्थानीयलाई ब्याजमा रकम पनि दिने गरेका थिए ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको र केही दिनमै अपराधी पक्राउ गर्ने रुपन्देही प्रहरी प्रवक्ता विरेन्द्र शाहीले बताए ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको तस्वीर क्यामेरामा कैद भएको बताएको छ । प्राविधिक अनुसन्धानका क्रममा गोली प्रहार गर्ने व्यक्ति मोटरसाईकलमा आएको र उनीहरुको तस्वीर प्राप्त भएको प्रहरी श्रोत बताउँछ ।

प्रहरीलाई प्राप्त भएको तस्वीरमा दुई युवा मोटरसाईकलमा थिए, मोटरसाईकल चलाउनेले सेतो टिसर्ट, निलो जिन्स पाइन्छ र कालो रंगको हेलमेट लगाएका छन् ।
पछाडि बस्ने व्यक्तिले खैरो रंगको चेक फुल सर्ट, निलो जिन्स पाइन्ट र सेतो जुत्ता लगाएको पाइएको छ । पछाडि बस्नेले गोली प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : सोमबार, भाद्र ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij