संचार क्षेत्रको विकासका लागि सरकार सकारात्मक:मुख्यमन्त्री पोख्रेल

संचार क्षेत्रको विकासका लागि सरकार सकारात्मक:मुख्यमन्त्री पोख्रेल

भैरहवा, १ मंसिर ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राज्यलाई बलियो बनाउनेपर्ने बताएका छन् । उनले कमजोर राज्यले बलिया र सक्षम नागरिक तयार गर्न नसक्ने बताए ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीको आयोजनामा आइतबार देखि सुरु भएको लुम्बिनी न्यूज फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै समयमा लोकतन्त्रको स्थापनाको लागि राज्यलाई कमजोर बनाउन अभियानमा लागिए पनि अब लोकतन्त्र प्राप्त भइसकेकोले राज्यलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने बताए ।

नागरिक सबल र सक्षम हुनैपर्छ, जबसम्म राष्ट्र कमजोर रहन्छ, नागरिकहरु कमजोर रहन्छन्, उनले भने ।

उनले समाजमा एक प्रकारले निराशा र आलोचनाका कुराहरु बढो सहज ढंगले विक्री भइरहेको बताए । उनले नकारात्मक चेतनाले समाजलाई अगाडी बढाउन नसक्ने दावी गरे ।

मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यम मानव जगतको महत्वपूर्ण पक्ष भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको अबको मिसन भनेको शान्ति र समृद्धि भएको बताए ।

क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, उपाध्यक्ष नरेश के.सी.को स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले न्यूज फेस्टिबलको उद्धेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा देशभरीबाट ३ सय पत्रकारहरुको सहभागिता रहेको फेस्टिबलका सूचना तथा सञ्चार उपसमिति संयोजक रबिन्द्र गुप्ताले बताए ।

प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij