धुमधामका साथ सकियो लुम्बिनी त्रिपिटक पाठ

धुमधामका साथ सकियो लुम्बिनी त्रिपिटक पाठ

लुम्बिनी ।

बुद्धजन्म स्थल लुम्बिनीमा आध्यात्मिक गतिबिधी बढाउने उद्देश्य मायादेबी मन्दिर परिसर भित्र जारी दोस्रो अन्र्तराष्ट्रिय त्रिपिटक चांन्टिङ  भिक्षुभिक्षुणी,उपासक उपासिकाहरु द्वारा शान्तिद्वीप प्रज्वलन गर्दै सकिएको छ । कार्यक्रम समारोहलाई सम्बोद्धन गर्दै त्रिपटक चांन्टिङ समारोह समितीका अध्यक्षभिक्षुमैत्रीले त्रिपिटक चांन्टिङ कुनै ब्यक्ति बिशेषले गरेर मात्र नभई राज्यले गर्नुपर्ने बताए । उनले पहिला पहिला पनि त्रिपिटक चांन्टिङ श्रीलंका,थाई, म्यानमार लगायत देशहरुमा राजामहाराजाहरुले आयोजना गरिदै आईरहेको हुदा नेपालमा पनि तेस्रो त्रिपिटक चांन्टिङ संघ,प्रदेश र स्थानीय सरकार समेतले मिलेर गर्नुपर्ने माग गरे ।त्रिपिटक चांन्टिङले निरन्तरता पाएको खण्डमा लुम्बिनीमा आध्यात्मिकता बढनुका साथै पर्यटन प्रबद्र्धन मार्फत देशको सम्बृद्धि समेत हुनेभिक्षुमैत्रीले जिकिर गरे । कार्यक्रममा संघिय साँसद सुजातासाक्यले सम्य समाजको स्थापना गर्न त्रिपिटक चांन्टिङ जस्ता धार्मिक समारोहको आयोजनाले महत्वपूर्ण टेवा पुरयाउन पुग्ने भएको हुदा सरकारले कार्यक्रम तथा नीति बनाई कार्यन्यनमा जोडदिनुपर्ने बताईन ।

धुमधामका साथ सकियो लुम्बिनी त्रिपिटक पाठ
सो अवसरमा अन्तर्राष्टिय त्रिपिटक चांटिङ समारोहका सदस्य वाङमो डेक्सीले लुम्बिनीमा बर्षैनी त्रिपिटक चांटिङको नेपाल सरकार आयोजना गरेपछि बुद्ध नेपालको लुम्बिनीमा जन्मेको अझ प्रचार प्रसार हुनुका साथै आध्यात्मिक गतिबिधी समेत बढने धारणा राखिन ।
कार्यक्रमका अर्का बक्ता थाईलैण्डका पूर्ब स्वास्थ्यमन्त्री कुनिङ सुरधारथ, लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ( भिक्षु मेत्तेईय ) बिधायक फकरुद्दीन मुसलमान, होटेल कासाई प्रा.लि. चयरमैन टकोसिन कासाई लगायतले मक्तब्य पाठ गरिएको थियो
नेपाल,भारत,चीन,थाईलेण्ड,बर्मा,श्रीलंका लगायत २५ देशका करीब एकजार भिक्षुभिक्ष्ुाणीहरु द्वारा तीनदिन सम्म त्रिपिटक पाठ वाचन गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij