दलितको घरमा पुजा नगर्ने भन्दै पुजारि द्धारा पुजा बहिष्कार

दलितको घरमा पुजा नगर्ने भन्दै पुजारि द्धारा पुजा बहिष्कार

कपिलवस्तु,
कपिलवस्तुमा चन्द्रौटामा दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घरमा  सत्यानारायण पुजा र रुद्री पुजा आयोजना गरेका थिए । पुजा सुरु गरेपछि दलित घर भएको थाहा भए पछि पण्डित भिम प्रसाद आचार्य र गोविन्द भट्टराई पुजा स्थान छोडेर भागेको पिडित मिलन वि।कले बताउनु भयो ।
घरको पुजा गर्ने ठाँउ समेत लिपपोट गरी सफा सुग्घर बनाइएको विहान १० बजे पुजा गर्ने सम्पुर्ण तयारी सिकएको थियो । पुजा गर्ने विधि सुरु हुना साथ पुजारी अनेक बाहान बनाई पुजाघरवाट बाहिर निस्कीएको बि।कले बताउनु भएको छ । धेरै समय सम्म कुरेपछी पण्डित फिर्ता नआएपछी एकाएका पण्डित भागेको खबर बाहिर आयो ।

पुजारी भागेपछी पुजा कार्य केही समय अलपत्र परेको थियो । पुजा कार्य निरन्तरता दिनको लागि स्वर्गद्वरी आश्रम खरेन्द्रपुरबाट पुजारी ल्याई विधिवत रुपमा पुजा सम्पन्न भएको छ
संबिधानमानै जातिय बिभेद गर्नेलाइ कानुनि कारबाहि हुने कुरा उल्लेख हुदा समेत पुजारीले यस्तो ब्यबहार गर्नुगलत कार्य भएको स्थानिय अगुवाहरुले बताएका छन ।

अहिले छुवाछुत अन्त्य भएको छ । यही कसैले यस्तो घृणीत कार्य गर्छ भने कानुनि कार्वाही हुनु पर्ने चन्द्रौटाका सर््थानिय मेनाज खानले बताउनु भयो ।
नेपालमा छुवाछुत भेदभाव लगायतको कार्य गर्नु कानुन विपरित भएपनि अहिलेको अवास्थामा यस्तो हुने निकै निन्दनिय कार्य भएको छ । भागेका पुजारीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही हुनु पर्ने राम निवास पुरीले बताउनु भयो ।
आस्थाको कार्य घर पुजामा प्रदेश सभा सद्स्य, वडा अध्यक्ष लगायतको विशिष्ट ब्यक्तिहरूको सहभगीतामै पुजारी भागेको थिए । सो घटनालाई समासुन पार्नका लागि छलफल भैरहे पनि कानुनी उपचार खोज्न पिडित परिवारले नसकेको पिडित विश्वकर्माको भनाइ रहेको छ। यस्तो सामाजिक अपराध गर्नेलाई कानुनी कार्बाही गर्नुपर्ने पिडित परिवारको माग रहेको छ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij