काठमाडौं
सूचना तथा संचार प्रविधि सम्बद्ध व्यक्ति, व्यवसायी र संघसंस्थाहरूको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघको निर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकासित भएको छ। सूचना प्रविधि व्यवसायीहरू दुइटा प्यानलमा चुनावी प्रतिष्पर्धामा रहेका छन्। वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना घिमिरे पाण्डेको प्यानल रहेको छ। अन्तिम नामावली अनुसार कुँवर पक्षका १४ जना र पाण्डे पक्षका चारजना निर्विरोध भएका छन् । एकजना अध्यक्ष र ३८ जना सदस्यको निर्वाचनका लागि विभिन्न समूहगत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ। महासंघको विधान अनुसार जिल्ला शाखाबाट प्रत्येक प्रदेशबाट २र२ जनाका दरले १४ जना, संस्थागत सदस्यबाट पुरुषतर्फ ४ महिला तर्फ ३ जना, संस्थागत आजीवन सदस्यबाट ३ जना, व्यक्तिगत सदस्यबाट पुरुष तर्फ ४ र महिला तर्फ ३ जना, व्यक्तिगत आजिवन सदस्यबाट ३ जना र विषयगत सदस्यबाट ४ जना गरी जम्मा ३८ जना निर्वाचित हुनेछन्। मंगलबार प्रकासित अन्तिम नामावलीबाट विषयगततर्फ कुँवर पक्षका विषयगततर्फ नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध निर्वाचित भएका छन् । प्रदेशतर्फ दीपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट, ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश(१ बाट निर्विरोध भए। त्यस्तै, संस्थागत महिलातर्फ कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् भने व्यक्तिगत महिला तर्फ कुँवर पक्षबाट सुस्मा शर्मा र गुण केशरी प्रधान निर्विरोध निर्वाचित भएका छन्। संस्थागत समूहमा प्रतिष्पर्धाः संस्थागत साधारण समूह पुरुषतर्फ ४ पदका लागि जम्मा ८ जनाको उम्मेदवारी परेको छ। कुँवर समूहका राजन कर्माचार्य, आलोककुमार मालु, शंकरलाल श्रेष्ठ, निरञ्जन पटेल र उम्मेदवार रहँदा पाण्डे समूहका रणजितकुमार पोदार, उमेश रघुवंशी, अरुणकुमार वंशल, बुद्धरत्न मानन्धरको उम्मेदवार रहेका छन्। त्यस्तै संस्थागत आजीवन सदस्य समूहको ३ पदका लागि कुँवर समूहका राजेन्द्रप्रसाद अर्याल, नविन जोशी र डा। पवनकुमार शर्माको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका विक्रम सिंह, समीर प्रधार र अहमद खानको उम्मेदवारी परकेो छ। व्यक्तिगत साधारण समूह पुरुष तर्फ ४ पदका लागि कुँवर समूहबाट खुशल रेग्मी, घनश्याम खनाल, श्री पौडेल, सुभाष खड्का र दिनेशराज कार्कीको उम्मेदवारी परेको छ भने पाण्डे समूहबाट रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, वसन्त लिङथेप, श्रीधर मरासिनी र रुपेशभक्त श्रेष्ठको उम्मेदवारी परेको छ। व्यक्तिगत आजीवन सदस्य समूह पुरुषतर्फ ३ पदका लागि कुँवर समूहका प्रा.डा.सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी र पाण्डे समूहबाट हेम्पाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवालले उम्मेदवारी दिएका छन्। जिल्ला शाखा सदस्य तर्फ प्रदेश ३ मा कुँवर समूहबाट शेखरनाथ दुलाल र भानुभक्त शर्मा तथा पाण्डे समूहका जयराम हुमागाई र श्यामकल श्रेष्ठले उम्मेदवारी दिएका छन्। गण्डकी प्रदेशमा कुँवर समूहका अशोकबाबु रानाको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका जगनबहादुर गुरुङ र दुवैको संयुक्त रुपमा कृष्णप्रसाद पोखरेलको उम्मेदवारी परेको छ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्