प्रदूषित शहर दिल्लीमा १५ मिनेट शुद्ध अक्सिजन प्रदान गरिँदै

प्रदूषित शहर दिल्लीमा १५ मिनेट शुद्ध अक्सिजन प्रदान गरिँदै

एजेन्सी ।
विश्वकै सबैभन्दा प्रदूषित शहर मानिएको भारतको नयाँ दिल्लीमा पहिलोपटक एउटा अक्सिजन बार खुलेको छ जसले १५ मिनेट सम्मका लागि ग्राहकहरुलाई सफा हावा प्रदान गर्दछ । अक्सि प्योर नामक सो बारमा केबल ३०० भारुमा ८० देखि ९० प्रतिशत शुद्ध अक्सिजन ग्यास प्रदान गर्ने गरिएको छ ।
सो ग्यासमा लेमनग्रास, ल्याभेन्डर, चेरी लगायत विभिन्न फ्लेबर समेत उपलब्ध रहेको बताइएको छ । शहरको दक्षिणतर्फ रहेको एक चर्चित मलमा अवस्थित सो बारमा ग्राहकहरुलाई ‘नोज ट्युब’ लगाउन दिइन्छ र त्यसपछि बास्नादार तेलमार्फत अक्सिजनको बबल उत्पादन गरि सास फेर्न सकिन्छ । यसरी अक्सिप्योरले ‘प्रदुषण विशेष’ भनेर ग्राहकहरुलाई अर्को छट्टै सेवा पनि राखेको छ । गत मे महिनामा २६ वर्षीय एभीर कुमारले खोलेको सो बारले प्रति दिन ३० देखि ४० ग्राहकलाई सेवा दिने गरेको बताउनुभयो । यति मात्र नभएर शहरको धुलोधुँवाबाट वाक्क भएका ग्राहकहरुलाई ताजा हावाको अनुभूति दिलाउनका लागि बोतलमा शुद्ध अक्सिजन विक्री समेत गर्ने गरेको उहाले बताउनभएको हो ।
केही समय अगाडि मात्र दिल्लीको प्रदुषण चरम बिन्दुमा पुगेपछि सरकारी निकायहरुले आपत्कालीन घोषण गर्दै विद्यालय लगायत सबै संस्थाहरु बन्द गर्न निर्देशन दिएका थिए । यस्तोमा स्ट्रेट टाइम्ससँगको कुराकानीमा कुमारले पनि आफ्नो देशको सरकारले मानिसलाई स्वच्छ हावामा सास फेर्ने अधिकारबाट समेत वञ्चित गराएकामा शर्मनाक महसुस गर्ने गरेको बताउनुभयो । वास्तवमा यस किसिमका अक्सिजन बारहारु पश्चिमका विकसित मुलुकहरुमा निकै लोकप्रिय छन् भने विशेष रुपमा यसलाई स्पा ट्रिटमेन्ट वा खेलाडीहरु घाइते हुँदा प्रयोग गर्ने गरिएको छ । डाक्टरहरुले भने शुद्ध अक्सिजनमा सास फेर्नुका फाइदा अहिलेसम्म पत्ता नलागेको बताउँदै आएका छन् ।
तर त्यसले कुनै हानि पनि नपुर्याउने र ताजा अनुभव दिलाउने हुँदा दिल्लीका वासिन्दाहरु अक्सिजन बारसँग सन्तुष्टि जनाइरहेका छन् ।
स्वास्थ्यमा थोरै मात्र प्रभाव पारेपनि उनीहरु केही क्षणका लागि सफा हावामा सास फेर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको कुमार बताउँछन् । युक्रेनकी नागरिक लिजा द्विवेदीले न्युयोर्क टाइम्ससँग बताए अनुसार उनी अत्याधिक प्रदूषणका कारण आँखा पोल्ने, रुगा लाग्ने र घाँटी सुन्निने समस्याबाट दिक्क भएर राहतका लागि अक्सिप्योरमा आउने गरेकी छन् । उनी भन्छिन्, “मलाई थाहा छैन यो सायद मनोवैज्ञानिक कारण हुन सक्छ तर १५ मिनेटकै लागि भएपनि शुद्ध हावामा सास फेरिरहेको आभासले मात्र पनि मलाई अत्यन्तै खुसी महसुस हुन्छ ।”

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij