कपिलवस्तु ।
मंसिर १९ गतेबाट सरु हुने ११ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७६ को तयारी तिव्र रुपमा अगाडि बढेको छ ।कपिलवस्तुको चार नम्बर जितपुर बुद्ध रंगशालामा ‘युवा क्षमतामा अभिबृद्धि, कृषि र पर्यटनमा सम्बृद्धि’ नारा का साथ सुरु हुने महोत्वमा २५० देखि ३०० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । हालसम्म ७५ प्रतिशत स्टाल बुकिगं भैसकेका छन् , आवश्यकता अनुसार स्टल थप्ने छौ , कसैलाई पनी स्टल नपाएर फर्किनु पर्ने छैन् मेलाका निर्देशक तथा बाणगंगा स्पोर्टस एण्ड वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर क्षेत्रीले भन्नुभयो । महोत्सवको उद्धेश्य प्रष्ट्याउदै क्षेत्रीले भन्नुभयो , महोत्सव संचालन गर्नुको उद्धेश्य जिल्लामा रहेका ऐतिहासिक ,पुरात्विक स्थलहरुको प्रचार प्रसार गर्ने , ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने, कला संस्कृतिलाई जगेर्ना गर्ने, स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजार प्रबद्र्धन गर्ने, महोत्सवबाट आउने आम्दानी संघको भवन निर्माण गर्ने, बाणगंगा वेयलफेयर सोसाइटीको कोष बृद्धि गर्ने , अनाथ बालवालिकालाई सहयोग गर्ने हो ।वृद्धलाई प्रवेश शुल्क नलाग्ने व्यवस्था गरेका छौ महासचिव क्षेत्रीले भन्नुभयो । यस वर्ष मेलामा कृर्षि स्टललाई प्राथमिकतामा राखेको छ भने युवा लक्षित होटल म्यानेजमेन्ट , व्युटिसियन , व्यवसायिक कृर्षि , बैक , लागु औषध सम्बन्धि सचेतनामुलक कक्षा समेत सञ्चालन गरिने भएको छ । मेलाको मुख्य आकर्षणको रुपमा राष्ट्यि कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजकले बताएको छ । ९ औँ डान्स आईडललाई १ लाख ११ हजार १ सय ११ , फस्ट रनर अफलाई ६६ हजार ६ सय ६६ , सेकेन्ड रनर अफलाई ४४ हजार ४ सय ४४ , थड रनर अफलाई २२ हजार २ सय २२ राशिको पुरस्कार रहेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्