नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले टोल कार्यसमिति गठन गर्ने

नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले टोल कार्यसमिति गठन गर्ने

बुटवल। नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले काँग्रेसको संशोधित विधान बमोजिम तिलोत्तमा नगरपालिका भित्रका हरेक टोलमा पार्टीको टोल कार्यसमिति गठन गर्ने भएको छ ।

नेपाली काँग्रेस तिलोत्तमा नगर कार्यसमिति र वार्ड सभापतिहरूको आज बसेको संयुक्त बैठकले पार्टीको निर्देशन अनुसार नगरपालिकाका १७ वटै वार्डका विभिन्न टोलमा मंसिर महिना भित्रै टोल कार्यसमिति गठन गर्ने निर्णय गरेको हो ।

नगरसमितिले टोल कार्यसमिति गठन गर्ने कार्यमा सहजिकरण गर्न आफ्नो कार्यसमिति सदस्यहरुलाइ बिभिन्न वार्डमा प्रतिनिधिको रुपमा खटाएको नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले बताउनुभयो ।

नगर सभापति हरिलाल पाण्डेको अध्यक्षतामा वसेको बैठकले नेपाल राष्ट्रिय मगर संघको जिल्ला सचिवमा निर्वाचित आफ्नो कार्यसमिति सदस्य भाग्यबहादुर काउचालाइ बधाई ज्ञापन गर्नुका साथै पार्टीको भावि योजना तय गरेको सभापति पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij