बुटवल,
ग्लोरियस कलेज तथा माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थी चन्द्रदेव गुप्ताले अध्ययनसंगै ब्यवहारिक जिवनमा सफलता मिल्ने गरि सिकाई जरूरी हुने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका न्यायिक समिति सदस्य तथा वडा नं ९ का वडा सदस्य शिव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा अध्ययनसंगै संस्कार विकास जरुरी रहेको बताउनुभयो । राष्ट्रिय परिक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले भौतिक पुर्वाधारसंगै सिकाई उपलब्धिलाई अभिभावकबाट मुल्याकन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड शिव पराजुली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डे, संस्थापकहरु तिल बहादुर थापा, अर्जुन प्रसाद सापकोटा, थम बहादुर पुन, पवन पोखरेलले शुभकामना दिनुभएको थियो ।
विद्यालयका प्राचार्य पुष्प कुमार घिमिरेले विद्यालयका नया र पुराना विद्यार्थीहरुलाई घुलमिल गराउने संस्कृतिका रुपमा कार्यक्रम विकास भएको बताउनुभयो । विद्यालयबाट निस्केका विद्यार्थीहरु समाजमा धेरै महत्वपुर्ण क्षेत्रहरुमा सेवारत रहेको उहाले बताउनुभयो।
प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्