JanataToday.com

Advertisment

SKIP THIS

किसानका समस्यालाई बुझेर आगामी योजना बनाउन नगर प्रमुख घिमिरे आग्रह

किसानका समस्यालाई बुझेर आगामी योजना बनाउन नगर प्रमुख घिमिरे आग्रह

तिलोत्तमा ।

तिलोत्तमानगर पालिका नगर प्रमुख बासुदेव घिमिरेले किसानका हरेक समस्यालाई बुझेर आगामी योजना बनाउन आग्रह गर्नुभएको छ । साना किसान कृषि सरकारी संस्था लि तिलोत्तमानगर पालिका डाइभरटोलकोे २० औ साधारण सभामा बोल्दै नगर प्रमुख घिमिरेले सो कुरा बताउनुभएको हो् । संस्थाका प्रबन्धक देवी गिरीले आर्थिक वर्ष २०७६/७७ को अनुमानित बजेट पेश गर्दे सहकारी संस्थाले सदस्यको आर्थिक पाटो बलियो बनाउन लागि परेको बताउनुभयो ।


कार्यक्रमको अवसर पारेर संस्थाले ६ जना जेष्ठ नागरिक, उत्कृष्ट किसान , उत्कृष्ट समुहहरु , उत्कृष्ट बाल बचतकर्ता , उत्कृष्ट विद्यार्थीहरु सम्मान गरेको छ । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि मधवलियाका अध्यक्ष नारायणप्रसाद अर्याल, तिलोत्तमानगर पालिका वडा नं १ का वडा अध्यक्ष तामनाथ पाण्डेय , सानाकिसान कृषि सहकारी संस्था लि करहियाका अध्यक्ष झुपा न्यौपाने, वडा नं १ का महिला सदस्य हिरादेवी विक लेखा समिति सदस्य ईश्वरा अर्याल लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष मन्जु बस्नेत थापाको अध्यक्षता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij