JanataToday.com

Advertisment

SKIP THIS

भैरहवामा पाँचौ उद्योग दिवस सम्पन्न

भैरहवामा पाँचौ उद्योग दिवस सम्पन्न

भैरहवा, ९ मंसिर
उद्योग पूर्वाधार समृद्धिको आधार भन्ने मूल नाराका साथ भैरहवामा पाँचौ उद्योग दिवस सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ तथा उपभोक्ता संरक्षण निर्देशनालय भैरहवाको आयोजनामा ५ प्रदेश सभा अर्थ,उद्योग, पर्यटन समिति सभापति ददिराम न्यौपानेले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहिले दिने र लिने प्रविधिको अन्त्य गर्नु पर्ने बताउनुभयो ।

हरेका राम्रो कामको सुरुवात आफैबाट गर्नु पर्ने भन्दै व्यवसायीलाई सहज हुने खालका नीतिनियम बनाउदै कार्यान्वयन गर्न सके मात्र विकासमा सहयोग पुग्ने उहाले बताउनुभयो । पछिल्लो समयमा कर तिर्ने झन्झटले व्यवसायी व्यवसाय गर्न नचाहाने भएकोले गर्दा करको झन्झटिलो प्रवित्तिको अन्त्य गर्नु पर्नै बताउनुभयो । उद्योगी व्यवसायीलाई आवश्यक पर्ने विद्युत लगायतका आवश्यक सामान सजिलै उपलब्ध गराउन सकेमा पनि यस तर्फको विकास हुन सक्ने छ । साथै अनुगमन निकायले पटक पटक सुर्धने मौका दिनु भन्दा पनि कारबाहीको दायरामा ल्याउन सके गल्ति कम हुन सक्ने न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले व्यवसायी गर्नेले नीति बनाउन नपाउने र नीति बनाउनले व्यवसाय गर्न नआउने भएकोले सहज नीति बन्न नसक्ने बताउनुभयो । उहाले उद्योगीहरुलाई लाइसेन्स नै दिन नसकिरहदा उद्योग दिवस मनाउनुको कुनै औचित्य नभएको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग संघका केन्द्रिय सदस्य एजाज आलमले औद्योगिक क्षेत्रमा प्रदेश सरकारको कुनै भुमिका नभएको बताउनुभयो । उहाले पैसा हुनेहरुले गरेको उद्योग भन्दा वास्तविक उद्योगीलाई समेटेर राज्यले नीति बनाएमा व्यवसाय तर्फको विकासमा फड्को मार्न सकिने बताउनुभयो ।निर्देशनालयका निर्देशक यम बहादुर कुवरले आफ्नै स्थानीय उत्पादनमा प्रदेश ५ अन्य प्रदेश भन्दा अगाडी रहेको बताउदै औद्योगिक क्रान्तिको ४ सय वर्षको इतिहासमा पनि सोचे जति सफल हुन नसकेको बताउनुभयो ।

दिवसको शुभकामना मन्तव्यमा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेले उद्योग व्यवसायले भेरै समस्या भोगेको र कानुनी रुपमा लेखिएका नीतिहरुलाई व्यवहारमा ल्याउन नसक्नुमा कर्मचारीको पनि कमजोरी भएको भन्दै सुधार्दै जानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सिद्धार्थ नगरनगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, उद्योग वाणिज्य संघ सिद्धार्थ नगरका अध्यक्ष कूल प्रसाद न्यौपाने, क्रेसर उद्योग व्यवसायी अध्यक्ष गोपाल ज्ञवाली, प्रदेश ५ नाट्टाका अध्यक्ष सागर अधिकारी, महिला व्यवसायी शान्ता शर्मा, ज्ञानू पौडेल लगायतले देशमा लगानीको वातावरण नभए पनि अबका दिनमा व्यवसायीलाई लक्षित गरी नीति निर्माणमा सरकारले विशेष ध्यान दिन अनुरोध गरेका थिए ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवालीले प्रदेश ५को औद्योगिक अवस्था, समस्या र संभावनाहरुको कार्यसूचि प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij