JanataToday.com

Advertisment

SKIP THIS

लियो क्लव अफ बुटवल खस्यौली युथ द्वारा न्यानोमाया स्वरुप स्वीटर बितरण

लियो क्लव अफ बुटवल खस्यौली युथ द्वारा न्यानोमाया स्वरुप स्वीटर बितरण

बुटवल,।
लियो क्लव अफ बुटवल खस्यौली युथले पाल्पाको रैनादेवी जुठापौवामा पुगेर बिद्यार्थीलाइ न्यानो माया बितरण गरेको छ । रुपन्देहीमा क्रियाशील क्लवले पाल्पा रैनादेबी छहरा वडा न ६ (जुठापौवा—४) मा रहेको कुवारी आधारभुत बिद्यालयका गरिब बिपन्न बिद्यार्थीलाइ स्वीटर बितरण गरेको हो । एक कार्यक्रमको आयोजना गरि सो बिद्यालयमा अध्ययनरत ६५ जना बिद्यार्थीलाई न्यानोमाया स्वरुप जाडोमा लगाउने स्वीटर बितरण गरिएको क्लवका सचिब कल्पना डुम्रेले बताउनुभयो । स्वीटर पाएपछि सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निकै खुसी भएका थिए । कुवारी आधारभुत बिद्यालयमा हाल १ सय ८० बिद्यार्थी अध्ययनरत छन् ।
क्लवका अध्यक्ष राजिबजंग कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फानबहादुर बिश्वकर्मा , बिद्यालयका प्रधानाध्यापक लालबहादुर बटाला ,सहप्रधानाध्यापक ऋषिराज भुसाल,क्लवका प्रथम उपाध्यक्ष होमनाथ सापकोटा,कार्यक्रम संयोजक तथा क्लवका कार्यसमिति सदस्य केशब खनाल लगायतले बोल्दै क्लवले सामाजिक काम गर्दै आएको र यसलाइ निरन्तरता दिने उल्लेख गरेका थिए ।सो कार्यक्रमको संचालन क्लवका सचिब सचिब कल्पना डुम्रेले गर्नुभएको थियो ।
क्लवले रक्तदान,सरसफाइ,बृक्षारोपण,देउसी भैलो खेलेर असहायलाइ सहयोग,न्यानो कपडा बितरण,स्वास्थ्य शिबिर लगायतका सामाजिक काम गर्दै आइरहेको जनाएको छ । कक्षा ८ सम्म पठनपाठन हुने उक्त बिद्यालय निकै जटिल अबस्थामा संचालन भैरहेको छ । बिस २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४ जनाको सरकारी दरबन्दी रहेपनि राहत,बालशिक्षा,नीजि गरि १० जना शिक्षक—कर्मचारी कार्यरत रहेका छन् । बिद्यालयको आर्थिक अबस्था निकै दयनिय र आर्थिक स्रो नभएकाले बिद्यालयले आर्थिक सहयोगको अपेक्षा पनि गरेको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij