JanataToday.com

Advertisment

SKIP THIS

नेपाल बार एसोसिएसनको कार्यकारिणी परिषदको बैठकको तयारी तीब्र

नेपाल बार एसोसिएसनको कार्यकारिणी परिषदको बैठकको तयारी तीब्र

बुटवल
नेपाल बार एसोसिएसनको मानव अधिकार राष्ट्रिय गोष्ठी तथा ४६ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकको तयारी तीब्र पारिएको छ ।आगामी मंसिर २४ र २५ गते बुटवलमा हुने राष्ट्रिय गोष्ठी तथा कार्यकारिणी परिषदको बैठकको लागि सचिवालय स्थापना, मूल समिति उपसमिति गठन लगायतका काम तीब्र पारिएको हो । उच्च अदालत बार एसोसिएसनको आतिथ्यमा हुन लागेको राष्ट्रिय गोष्ठी र कार्यकारिणी परिषदको बैठकको लागि आज खाद्य व्यवस्थापन, आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचार प्रसार, अतिथि सत्कार, स्वागतद्वार निर्माण, सहभागी रजिष्ट्रेशन, ¥याली व्यवस्थापन, स्वास्थ्य, अनुगमन र सांस्कृतिक उपसमिति गरी ११ उपसमिति गठन गरिएको उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले जानकारी दिनभयो । आवश्यक परे अन्य उपसमिति गठन गर्न सकिने उशा जानकारी दिनुभयो ।
आज गठित खाद्य व्यवस्थापन समितिमा संयोजक राजेन्द्र भट्टराई र सहसंयोजक युवराज पाण्डे, आवास व्यवस्थापनमा संयोजक घनश्याम पन्त र सहसंयोजक खडानन्द भण्डारी, मञ्च व्यवस्थापनमा संयोजक पशुपति भण्डारी र सहसंयोजक रामजी ज्ञवाली, प्रचार प्रसार समितिमा संयोजक गोविन्द प्रसाद मरासिनी र सहसंयोजक नागेन्द्रप्रसाद बस्याल रहेका छन् । त्यसैगरी अतिथि स्वागत तथा सत्कार उपसमितिमा मीना पाण्डे पन्थ संयोजक र ज्ञानु केसी सहसंयोजक, स्वागत द्वार निर्माण उपसमितिमा माधव घिमिरे संयोजक र राजन नेपाल सहसंयोजक, सहभागी रजिष्ट्रेशनमा नागेन्द्र प्रसाद यादव र सहसंयोजकमा बाबुराम भुसाल, ¥याली व्यवस्थापनमा संयोजक यमलाल खनाल सहसंयोजकमा भविश्वर भट्टराई, स्वास्थ्य सेवामा संयोजक कैलाशचन्द्र ज्ञवाली र सहसंयोजक मदन पुन, सांस्कृतिक उपसमितिमा संयोजक महेन्द्र पाण्डे र सहसंयोजकमा कृष्णबहादुर कुँवर रहेका छन् । त्यसैगरी अनुगमन उपसमितिमा बार एकाईमा आबद्ध सम्पूर्ण वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु कमल मलेगो, गोकर्णसिंह थापा, नन्दराम भण्डारी, बाबुराम पाण्डे रहेका छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij