JanataToday.com

Advertisment

SKIP THIS

नवलपरासीमा वडाध्यक्षका छोरा श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ

नवलपरासीमा वडाध्यक्षका छोरा श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नंं। ४ का वडाध्यक्ष चेतबहादुर गोदामीका छोरा तुलाराज गोदामी श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले उनलाई हत्या आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
मृतक महिला बुलिङटार ४ निवासी १८ बर्षीय महिला गोमति गोदामी मगरका आफन्तले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै गोमतीको हत्या भएको दावी गरेका छन् ।
गोमतीका बुवा गिरन बहादुर जर्गाहा मगरले आफ्नो छोरीलाई हत्या गरेको भए पनि राजनीतिक आडमा घटना लुकाउन खोजिएको बताए ।
मृतक गोमतीका बुवा गिरनबहादुरले आफ्नी छोरीलाई ज्वाई तुलाराज गोदामी मगरले हत्या गरेको दावी गरेका छन् ।
घटना २०७५ साल जेठ २० गतेको भए पनि घटनालाई गुपचुप रुपमा लुकाई आत्महत्याको रुपमा पुष्टि गर्न खोजिएको र पछि आफूहरु उच्च अदालत पोखरा गएर मुद्दा हालेपछि अदालतको आदेशमा मात्र केही दिन अघि मृतकका श्रीमान्लाई पक्राउ गरिएको मृतकका बुवा गिरनबहादुर जर्गाहा मगरले बताए ।

उच्च अदालत पोखराले तुलाराज गोदामीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गर्न आदेश जारी गरेपछि मात्र प्रहरीले मंसिर ०८ गते आइतबार मृतकका श्रीमान् तुलाराज गोदामीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले अदालतको आदेश अनुसार मृतकका श्रीमानलाई नियन्त्रणमा लिई म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको बताए ।
मृतकका बुवा गिरनले पत्रकार सम्मेलनमा छोरीलाई कुटपिट गरी हत्या गरिएको तर आफूहरुलाई भने झुण्डिएर आत्महत्या गरेको भनि वडाअध्यक्ष र उनका परिवारले घटना लुकाएको दावी गरेका छन् ।
जिल्ला अस्पताल भरतपुर चितवनले पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको पोष्टमाटर्म रिपोर्ट दिएको भएपनि पोष्टमार्टम रिपोर्ट पनि गलत भएको र त्यसमा पनि जालसाजी गरिएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

मृतकको शरिरमा निलडाम रहेको र झुण्डिएको भनिएको स्थानमा आफूहरुलाई घटनाको जानकारी नगराइएको लगायतका कारण आफूहरुले घटना आत्महत्या नभई हत्या भएको उनीहरुको दावी छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij