JanataToday.com

Advertisment

SKIP THIS

अवैध शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई भोलीदेखि पक्राउ गर्ने निर्णय

अवैध शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई भोलीदेखि पक्राउ गर्ने निर्णय

काठमाडौ ।

मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयलेभोलीबाट कारबाही थाल्ने भएको छ। गृह स्रोतका अनुसार आज अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय भएको हो।

‘बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको छ,’

मेडिकल कलेजलाई सरकारले पन्ध्र दिने र चौबीस घन्टै अल्टिमेटम यसअघि नै दिइसकेको थियो। सो समयमा पनि मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता नगरेपछि आज गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।

गृह स्रोतका अनुसार सरकारले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई बुधबारदेखि पक्राउ गरेर कारबाही गर्ने निर्णय भएको हो। ‘कानुनअनुसार कारबाही गर्ने कुरामा सहमति भयो,’ ती अधिकारीले भने, ‘सरकारले कारबाही गर्ने भनेपछि विद्यार्थीले पनि जाहेरी दिनुपर्छ। प्रशासनमा गएर जाहेरी दिन सकिन्छ।’

बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत थिए।

गृहले यो निर्णय गरेसँगै शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालक र मन्त्री पोखरेलबीच अहिले वार्ता चलिरहेको छ।

प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij