बुटवल ।
सिह कम्प्लेक्सले आयोजना गरेको विशेष योजनाको दशैतिहार कार्नेवल अन्तरगत बम्पर उपहार बुटवलका अनिल जिसिलाई परेको छ ।कुपन न ७४९९ नम्बरका अनिल जिसिलाई बम्परमा यामाहा एफजेड एस बाईक उपहार परेको हो । यसैगरि कुपन नं १३ का जितगढीकी शर्मिला भण्डारीलाई ३२ ईन्चको टिभी परेको छ । बम्परकै रु १५ हजार बराबरको टाटु बुटवलका सफल पुनलाई परेको छ । यसैगरि बुटवल ६ का सम्भव बस्नेतलाई एक थान टेबिल फ्यान तथा कपिलबस्तुकी सुनिता मगर र सालझण्डीकि सम्पदा घिमिरेलाई एकएक थान भ्याकुम क्लिनर उपहार परेको छ ।यामाहा प्रजेन्स सिह कम्पलेक्स दशैतिहार कार्नेवल असोज ७ गतेबाट शुरु भएको हो । सिह कम्प्लेक्सका पसलमा न्युनतम एक हजारको सामान खरिदमा उपहारमा सहभागि हुन सक्ने ब्यवस्था रहेको थियो । लक्की ड्र अन्तरगत दैनिक १५ हजार बराबरको गिफ्ट हेम्पर, साप्ताहिक रुपमा रेफ्रिरेटर, आईरन, हिटर, एलईडी टिभी गरि ३० जनाले उपहार पाएका छन अफरलाई ग्लोबल आईएमई, एभरेष्ट बैक र साईन रेसुङा बैकले सहयोग गरेको छ । सुरपद्ममा हाउसिङ प्रालिद्घारा संचालित सिह कम्लेक्सका म्यानेजर मनिस पौडेलले बताउनुभयो । कम्प्लेक्समा रहेका ८६ वटा पसलबाट ११ हजार उपभोक्ताहरुले सपिङको मज्जा लिएको उहाले बताउनुभयो।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्