JanataToday.com

Advertisment

SKIP THIS

उपनिर्वाचन बुंदीकाली ५, नवलपरासीः उपनिर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा

उपनिर्वाचन बुंदीकाली ५, नवलपरासीः उपनिर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा

नवलपुर ।

पूर्वी नवलपरासीको बुंदीकाली ५ मा वडाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीका अनुसार नवलपुर जिल्लाको बुंदीकाली ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उक्त वडा भित्र निर्वाचन नसकुन्जेलसम्मका लागि सवारी आवतजावतमा रोक लगाइएको छ भने मदिरा मद्यपान जस्ता वस्तु विक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
कार्कीका अनुसार बुंदीकाली ५ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सुरक्षाका लागि खटाइएको छ भने मतदान स्थल र मतगणना स्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उपनिर्वाचनलाई नै लक्षित गरी प्रशासनले उक्त क्षेत्रमा रहेका अवैध हातहतियार सरकारलाई बुझाउन निर्देशन गरेपनि अहिलेसम्म कसैले पनि हातहतियार बुझाएका छैनन् ।
बुंदीकाली ५ मा वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ ३ जनाको वडाध्यक्षका लागि उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij