JanataToday.com

Advertisment

SKIP THIS

देवदहमा दोस्रो मैत्री कप फुटबल प्रतियोगिता सुरु

देवदहमा दोस्रो मैत्री कप फुटबल प्रतियोगिता सुरु

देवदह-रुपन्देहीको देवदहमा दोस्रो मैत्री कप फुटबल प्रतियोगिता सुरु भएको छ । मैत्री युवा क्लबको आयोजनामा शुक्रबार देखि देवदह–१२ प्रगतीनगरमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेकपा स्थाई कमिटी सदस्य एवम केन्द्रिय सांसद छबिलाल बिश्वकर्माले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको शुभारम्भ गर्दै नेता बिश्वकर्माले यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाले आगामी दिनमा खेल क्षेत्रको बृहत्तर विकासका लागि आफुले सक्ने पहल गर्ने प्रतिवद्धा जनाउनु भयो ।

सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद डा.कृष्ण न्यौपानेले खेल क्षेत्रले राष्ट्रलाई परीचित गराउन मद्धत गर्ने बताउनु भयो । खेल क्षेत्रमा लागेका युवाहरु असल हुने भएकाले विकृती रहित समाज निर्माण गर्न खेल क्षेत्रको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । प्रतियोगितामा कुल १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता प्रथम हुनेले ५० हजार , द्धितिय हुनेले ३० हजारका साथै मेडल शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij