तिलोत्तमा ।
गहुँखेती प्रवर्धनका लागि तिलोत्तमा नगरपालिकाद्वारा गहुँको बीउ छर्ने कार्यको शुभारम्भ भएको छ । नगर प्रमुख बासुदेव घिमिरेले एक कार्यक्रम का बिच गहुँको बीउ छर्दै सो कार्यको शुभारम्भ गर्नुभएको हो ।
नगरपालिकाको निर्माणाधिन भवनको पश्चिमतर्फ रहेको करिब पाँच बिगाहा जमिनमा गहुँको बीउ छरिएको हो । कृषकलाई गहुँ खेतीतर्फ अझ आकर्षित गर्न र गहुँमा आत्मनिर्भर गराउने उदेश्यले नगरपालिकाले केही दिन अघि ४० प्रतिशत अनुदानमा गहुँको बीउ बितरण कार्य सम्पन्न गरेको जनाएको छ । एक लाख छत्तीस हजार किलो गहुँको बीउ प्रत्येक १७ वटै वडाका कृषकलाई वडाले गरेको सिफारिसका आधारमा बितरण गरिएको हो ।
हिजो भएको सो कार्यक्रममा विभिन्न विशिष्ट व्यतित्वको उपस्थिति रहेको तिलोत्तमा नगरपालिका कृषि प्रवर्द्धन उपसमितिका सदस्य पुष्करनाथ पन्थले बताउनुभयो । कृषि प्रवर्द्धन उपसमितिका संयोजक लक्षमण नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्