बुटवल ।
जाडो महिना सुरु भइसकेको छ । जाडो का स्वास्थ्य लाइ कसरी स्वस्थ्य राख्न सकिन्छ । स्वस्थ रहनका लागि खानपिन लाइ पनि ध्यान दिनु अत्यन्त आवश्यक रहन्छ ।हाम्रो प्रणाली बलियो बनाउन का लागि खान पिन लाइ ध्यान दिनु अत्यन्त आवश्यक छ । जाडो मौसम सुरु भए लगतै रुघा खोकी, ज्वरो जस्ता रोगहरुले सताउने गर्दछ । जाडो मौसम आफुलाइ न्यानो बनाउन का लागि तातो चिजलाइ बढी जोड दिन जरुरी रहन्छ ।जाडोमा बालबालिका एवं बूढाबूढीहरू बढी सावधान हुनुपर्छ । जाडोमा भर्खरै जन्मिएका शिशुको मृत्युदर पनि बढी नै हुन्छ । जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले यस्तो आहार खानु आवश्यक छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ ।
प्रतिरक्षा प्रणाली हरेक जीवको शरिर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरूलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने गर्दछ । चिकित्सकहरुको भनाइ अनुसार
के के खान सकिन्छ त ?
हाम्रो भान्सामै हुने दाल, आलु, विभिन्न तरकारी, धनियाँ आदिलाई काटेर प्रेसरकुकरमा ज्वानो, मेथी फुराइएको झोल पकाएर खान सकिन्छ । त्यसमा माथिबाट धनियाँ र कागतीको रस हालेर खाँदा जिउ तातो हुनुका साथै चिसोबाट जोगिन मद्दत मिल्छ । कागती पानीमा मह वा सख्खर हालेर खाइरहने ।
उमालेको पानी वा दूधमा बेसार तथा मरिच हालेर राति सुत्ने बेला एक–एक गिलास पिउने ।बालबालिकाहरूको खानामा हरियो सागपात समावेश गर्दै अलिकति कागती मिसाएर घिउ झान्ने ।
गहतलाई पानीमा भिजाएपछि राम्रोसँग पिसी सुप बनाएर खाने गहतलाई भुटेर, पिसेर आटाजस्तो बनाएर पुनस् भुटेर पानी, नुन तथा इच्छानुसारका मरमसलाहरू हालेर सुप तयार गर्न सकिन्छ । जाडोमा हप्ताको एक–दुई पटक गहतको दाल खानुपर्छ ।
यो समयमा टुसा उमारेका गेडागुडी पनि उपयुक्त हुन्छन् । कुनै पनि गेडागुडीलाई टुसा उमारेर क्वाँटी बनाएर खाँदा त्यसमा भएको भिटामिन २ सय गुणाले वृद्धि हुन्छ ।
भिटामिन सी प्रशस्त मात्रामा हुने अमलालाई दैनिक खानामा प्रयोग गर्नुपर्छ । अमलालाई दालमा हाल्दा पनि हुन्छ । अमला प्रशस्त छ भने त्यसलाई स–साना टुक्रा पारी घाममा सुकाएर सुपारीजस्तो बनाएर खान सकिन्छ ।
खोकीले प्राय सबैलाई सताउँछ । खोकी गर्मी – जाडो दुवै मौसममा लाग्छ । खोकी लाग्ने विभिन्न कारण हुन्छन् । खोकी सामान्य समस्यामा पनि लाग्छ भने गम्भीर रोगको लक्षणका रूपमा पनि देखापर्न सक्छ । सामान्यतया खोकी लागेको अवस्थामा हामीले केही खानेकुरामा ध्यान दिने हो भने यो चाँडै निको हुन्छ । खोकी लागेको अवस्थामा खान नहुने केही खानेकुरा छन् ।
बदाममा आइरन, नियासिन, फोलेट, क्लाल्सियम र जिंक पाइन्छ । त्यसैगरी यसमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, मिनरल आदि तत्त्व पनि प्राप्त हुन्छ, जुन जाडोमा फाइदा हुन्छ । यसले शरीरलाई तातो राख्न मद्दत गर्छ ।
स्याउ एन्टिअक्सिडेन्टले भरिएको हुन्छ । यसले एनिमिया र क्यान्सरको खतरालाई पनि कम गर्छ । यसले डाइबिटिज कम गर्न र पाचन प्रणालीलाई ठीक गर्न मद्दत गर्छ । प्रतिरोध क्षमतालाई कायम राख्न र शरीरमा शक्ति बढाउन स्याउ उत्तम हुन्छ ।
गाँजरले शरीरमा भिटामिन ‘ए’को कमीलाई पूरा गर्छ । भिटामिन ‘ए’को कमीले आँखाको बिमारी, छालाको सुक्खापन, कपाल झर्ने, नङ खराब हुने आदि रोग लाग्छ । गाँजरले फोक्सो, छाती र पेटको क्यान्सरको खतरा पनि कम गर्छ ।
यो जाडोको फल हो । यसले अनुहारको छालालाई नरम बनाउन मद्दत गर्छ । आँखालाई स्वस्थ राख्छ । त्यस्तै छालामा चमक ल्याउन, कब्जियतबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
सुन्तला भिटामिनबाट भरपूर सुन्तला चिसोमा असाध्यै उपयोगी फल हो यसमा हुने पोटासियम र फोलिक एसिड, क्याल्सियम, कोलेस्ट्रोल र ग्लुकोज स्वास्थ्यका लागि असाध्यै राम्रो हुन्छ । यसलधे प्रतिरोध क्षमतालाई बलियो बनाउँछ ।
पालुंगो सागमा भिटामिन ए, बी, सी, आइरन र क्याल्सियम अधिक मात्रामा पाइन्छ । यी तत्त्वहरूले प्रतिरोध क्षमतालाई बलियो बनाइराख्न मद्दत गर्छन् । खोकी र फोक्सोको सुन्नाइमा पालुंगोले ठीक गर्छ । पालुंगोको रस पिउनाले आँखाको ज्योति र स्मरणशक्ति पनि बढ्छ । यसमा आयोडिन पनि हुने हुनाले दिमागी थकान कम गर्छ ।
के के नखाने त ?
जाडोमा खोकी लागेका बेला जंक फुड खानुहुँदैन । जंक फुडले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।
तारेका खानेकुरा
खोकी लाग्दा तारेका खानेकुरा खाँदा अझ बढी खोकी लाग्छ । खानेकुरालाई लामो समय फ्राई गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुनुका साथै त्यसले खोकी लाग्ने तथा घाँटी दुख्ने कारक तत्वलाई सक्रिय तुल्याउँछ ।
चिसो पदार्थ
आइसक्रिम तथा चिसो पेय पदार्थले घाँटीको संक्रमण हुन्छ । टन्सिल तथा घाँटी दुख्ने समस्या भएकाहरूले चिसो पेय तथा फ्रिजबाट सीधै निकालिएको खाना परित्याग गर्नु नै उपयुक्त हुन्छ । ।
प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्