नवलपरासी ।
नवलपरासी कावासोती नवलपरासी वडा नं८ खरकट्टा जंगल स्थित पुर्व पश्चिम राजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएका एकजना वेवारिसे व्यक्तिको मृत्यु भएको छ ।
गत बुधबार बुलेकी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बा १४ च ६९४९ नं। को कारले अन्दाजी ५० वर्षीय पैदल यात्री पुरुष व्यक्तीलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए। उनको हालसम्म नाम थर वतन नखुलेको प्रहरीले जनाएको छन्।
घाइतेलाई उपचारको लागी नवलपुर अस्पतालमा लगीएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । मृतकको आफन्त हालसम्म सम्पर्कमा नरहेको हुँदा उक्त मृतकलाई चिन्नुहुने महानुभावहरुले प्रहरी कार्यलयमा जानाकारी गराईदिनु हुन नवलपरासी प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्