JanataToday.com

Advertisment

SKIP THIS

नेपालको भूभागलाई भारतले नक्सामा समावेश गरेकोमाअनेरास्ववियुका विद्यार्थीद्धारा प्रदर्शन

नेपालको भूभागलाई भारतले नक्सामा समावेश गरेकोमाअनेरास्ववियुका विद्यार्थीद्धारा प्रदर्शन

बुटवल ।
सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियुको नेतृत्वमा अनेरास्ववियुका विद्यार्थीहरुलेआज बुटवलमा विरोध प्रदर्शन गरेका छन ।नेपालको भूभागलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन ।
अनेरास्ववियुका विद्यार्थीहरुले गो ब्याक इन्डिया, भारतिय विस्तारवाद मुर्दावाद, हाम्रो भुमि फिर्ता गर, लिपुलेक कालापनी र लिम्पियाधुरा हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित प्रदर्शन गरेका थिए ।
प्रर्दशनमा कालिका महाज्ञान मावि र नवीन औद्योगिक कदर बहादुर रीता मा.वि का अनेरास्ववियु विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पस देविनगर बाट शुरु भएको प्रर्दशन राजमार्ग चौराह हुदै मिलनचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पसका इन्चार्ज तथा अनेरास्ववियु जिल्ला सदस्य प्रकाश पराजुलीले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै नेपाको भुमी तत्काल नेपाललाइनै फिर्ता गर्न आग्रह गर्दौ अन्यथा नेपालीहरु पनि अब चुपलागेर नबस्ने बताउनुभयो ।
अनेरास्ववियु जिल्ला सदस्य दिपक चापगाई सचिव साजन भण्डारी अनेरास्ववियु केन्द्रिय सदस्य सरोज पोख्ररेल, अखिल क्रन्तिकारीका लुम्बिनी वाणिज्य क्याम्पसका सचिव विराज चालिसे लगायत बोलेका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij