रोहिणीमा सोह्रौ महिला स्वास्थ्य स्वयम सेविका दिवस सम्पन्न

रोहिणीमा सोह्रौ महिला स्वास्थ्य स्वयम सेविका दिवस सम्पन्न

बुटवल,

महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइृ सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ ।
गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयम सेविकाले गाउँ गाउँमा पुगि स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भुमिका खेलेको बताउदै गाउँपालिकाका सबै स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । दिवसकै अवसर पारी बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएको स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भनि प्रंशसा गरे । उनले बिना कुनै शुल्क र निस्वार्थ भावले स्थानियहरुको सेवामा खटिएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई गाउँपालिकाले थोरै भए पनि सुविधा दिन प्रयास गरेको बताए । उनले महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रत्येक महिना यातायात खर्च बापत ५ सय रुपैया गाउपालिकाले उपलब्ध गराउने जनाए ।
रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षता तथा अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपने, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री लगायतले महिला स्वास्थ्य स्वयम सेविकाहरुको प्रयास बारे प्रंशसा गरेका थिए ।

प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij