JanataToday.com

Advertisment

SKIP THIS

अरुणखोलामा सांस्कृतिक तथा नेवा: खाना महोत्सव हुदै

अरुणखोलामा सांस्कृतिक तथा नेवा: खाना महोत्सव हुदै

नवलपरासी,

नवलपरासीको मध्यविन्दु नगरपालिकाको अरुणखोलामा यहि पौष ७ देखि १७ गते सम्म मध्यविन्दु सांस्कृतिक तथा नेवा खाना महोत्सव(२०७६ हुने भएको छ ।

भाषा कला संस्कृतिःसमग्र राष्ट्रको उन्नती भन्ने उदेश्यका साथ मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६ हुने आज अरुणखोलामा आयोजित पत्रकार सम्मेलनमा जनाईएको हो ।

नेवाः समुदायको कला, धर्म,संस्कृतिको उत्थान, सत्भाव र प्रवद्धन र नेवाः समुदायको खानाको परीकार प्रचार प्रसारका लागी नेवाः देय दबू नवलपुरको आयोजनामा महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

नेवाः देय् दबू गण्डकी प्रदेशका अध्यक्ष तथा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६का संंरक्षक हरी श्रेष्ठले नेवाः समुदायको कला, संस्कृति,खानाका परीकार प्रवद्धनका लागी महोत्सव गर्न लागीएको जानकारी दिनुभयो ।

महोत्सवमा नेवास् समुदायको मात्र नभई जिल्लामा रहेका आदीवासी जनजातीहरुको कला संस्कृतिको प्रवद्धन, स्थानिय स्तरमा उत्पादीत बस्तुको बजारीकरण समेत गरीने उहाले बउनुभयो । साथै महोत्सवबाट संकलीत रकम नेवाः समुदायको कला, संस्कृति,खानाका परीकार प्रवद्धनमा खर्च गरीनेछ ।

महोत्सवमा नेवा ः समुदायको मात्र नभई जिल्लामा रहेका आदीवासी जनजातीहरुको कला संस्कृतिको प्रवद्धन, स्थानिय स्तरमा उत्पादीत बस्तुको बजारीकरण, जिल्ला भित्र रहेका कलाकारहरुको प्रवद्धन गर्ने महोत्सवको लक्ष्य रहेकोछ ।

महोत्सवबाट संकलीत आय रकम नेवाः समुदायको कला, धर्म,संस्कृतिको उत्थानमा खर्च गरीने नेवाः देय् दबू नवलपुरका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताउनुभयो । महोत्सव आगामी अरुणखोलाको खोला किनारमा सन्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij