बिभिन्न जिल्लाको भ्रमणमा निस्किएका पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तुमा

बिभिन्न जिल्लाको भ्रमणमा निस्किएका पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तुमा

जनता टुडे/बुटवल

प्रदेश ५ का बिभिन्न जिल्लाको भ्रमणमा निस्किएका पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तु पुग्नुभएको छ । कपिलवस्तु पुग्नुभएकाका पुर्व राजा शाहले जिल्लाको बुद्धभुमीनगरपालिका वडा नम्बर २ को पशुपतिनाथ मन्दिरमा पुगी धार्मिक बिधी अनुसारको पुजा गर्नुभयो ।

मन्दिरमा पुर्व राजा शाह प्रवशे गर्ने क्रममा बटुकहरुले स्वस्ती बाचन गर्नुभयो । पुर्व राजा शाहले करिब १५ मिनट सम्म मन्दिरमा गणेश, कलस र शिवजीको पुजा गर्नुभयो । पुर्व राजालाई स्वागत गर्न गोरुसिंङ्गे देखी मन्दिर सम्मको करिब १ किलोमिटरको दुरीमा नागरिकहरु लाम लागेका थिए ।

पुर्वराजा शाहको स्वागतमा ठुलो संख्यामा जनसहभागी हुदाँ आफुहरु उत्साहित भएको मुल आयोजक समितीका संयोजक भिष्म बन्जाडेले जानकारी दिनुभयो । राजा राष्ट्रियताको प्रतिक भएको बिषय अमम नागरिकले स्पष्ट रुपमा बुझेको बताउदै बन्जाडेले पछिल्लो समय गणतन्त्रबादीको गतिबिधीले नागरिकलाई निराश बनाएको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij