नेपाल प्रहरीमा ८ एसपी र २७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीमा ८ एसपी र २७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ एसपी र २७ डीएसपीको काज सरुवा गरेको छ ।

प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज सरव गरिएको छ । स्याङ्जामा कार्यरत एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज गरिएको छ ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा तानिएको छ । भने सर्लाहीमा विश्वमणी पोखरेललाई काज गरिएको छ । उनी यसअघि प्रहरी प्रधानकार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत थिए ।

उपत्यकाका तीन वृत्तका डीएसपी र केही जिल्लाका इन्चार्जहरूको काज सरूवा भएको छ । ओखलढुंगा, दोलखा र बाजुरासहित केही युनिटको नेतृत्व र नयाँ कमाण्ड हेरफेर गरिएको हो ।

यस्तै महानगरीय प्रहरी वृत्त थानकोटमा घनश्याम श्रेष्ठको काज सरुवा भएको छ । त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई तानेर उनको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डीएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन् । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

हेर्नुहोस् को कहाँ पुगे ?

प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij