JanataToday.com

Advertisment

SKIP THIS

शिखर देउराली आमा समूहद्वारा स्वीटर वितरण

शिखर देउराली आमा समूहद्वारा स्वीटर वितरण

 

जनता टुडे । बुटवल

शिखर देउराली आमा समूह बुटवल १ ले मानव सेवा असहाय तथा असक्तहरुलाई स्वीटर प्रदान गरेको छ । बुटवलको सुख्खानगरमा सञ्चालित मानव सेवा आश्रममा रहेका असहायहरुलाई स्वीटर प्रदान गरिएको हो । शिखर देउराली आमा समूह आवद्व महिलाहरुले शनिबार एक कार्यक्रम गरी स्वीटर वितरण गरेका हुन् ।

शिखर आमा समूहमा आवद्वता महिला सदस्यहरुबाट पैसा संकलन गरी ८० थान स्वीटर सहयोग गरिएको समूहकी अध्यक्ष शोभा गुरुङले जानकारी गराउनुभयो । गरिव तथा असहायलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागेपछि ५५ हजारको स्वीटर सहयोग गरिएको समूहकी सचिव आकृति थापाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका १ का वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले मानवीय सेवा नै धर्म भएकाले असहाय र असक्तलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । असहायलाई स्वीटर सहयोग गरेर शिखर देउराली आमा समूहले समाजलाई सकरात्मक सन्देश दिएको बताउनुभयो । मानव सेवा आश्रमकी सह संयोजक टिकामायां थापाले सबैको सहयोग र सद्भावले मात्र आश्रम चल्न सक्ने भएकाले सहयोग पुराउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij