JanataToday.com

Advertisment

SKIP THIS

भैरहवामा बिद्युतिय रिक्साको सुभारम्भ

भैरहवामा बिद्युतिय रिक्साको सुभारम्भ

भैरहवा
भैरहवामा बिद्युतिय स्कुटरको बिक्रि सुभारम्भ गरिएको छ । बातावरण मैत्री बिद्युतिय स्कुटरको एक कार्यक्रमका वीच आज सुभारम्भ गरिएको हो ।
५ जना युवाहरुको सक्रियतामा नेपालका लागि आधिकारिक बिक्रेता एच जि मोटर प्रालीले रन यान ब्राण्डको बिद्युतिय स्कुटरको नेपाल भित्राएको हो । भैरहवाको आधिकारिक क्रिशक्ति मोटर ईन्टरप्राईजेज प्रालीले भैरहवामा बिक्रि शुभारम्भ गरेको हो । सोरुमको सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो।
तीन बटा मोडलमा उपलब्ध स्कुटरको बजार मुल्य १ लाख ४० हजार ५ सय देखि १ लाख ६५ हजार ५ सय रहेको एच जि मोटर प्रालीका संचालक हरि टण्डनले जानकारी दिनुभयो । ती स्कुटर १ सय २५ सिसि देखि १ सय ५० सिसि सम्ममा उपलब्ध रहेको छ ।
६ घण्टा देखि ८ घण्टा चार्ज गरेपछि १ सय किलोमिटर सम्म कुदाउन सकिने एच जि मोटर प्रालीका कार्यकारी अधिकृत निर्मल कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै संघका कार्यबहाक अध्यक्ष श्रेष्ठले बिद्युतिय स्कुटरले नेपालको व्यापार घाटा कम गर्ने बताउनुभयो । उनले युवा पिढिमा बिद्युतिय स्कुटर प्रति चेतना फैलाउनु पर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपाध्यक्ष दीपक क्षेत्रि न्यौपानेले बिद्युतिय सवारी साधनको बिक्रि बढाउनु पर्ने बताउनुभयो । उहाले बिद्युतिय सवारी साधनले बातारण संरक्षण गर्नुका साथै दुर्घटना न्युनीकरणमा समेत टेवा पुर्याउने भएकाले अबका पुस्ताले बिद्युतिय सवारी साधन खरिद गर्नु पर्ने बताउनुभयो ।
उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मीले पछिल्लो समय बिद्युतिय सवारी साधनमा आर्कषण बढेको बताउनुभयो ।
५ जनाको समुहमा सरद अधिकारी, निर्मलकुमार श्रेष्ठ, हरि टण्डन, गोपाल कार्की र बसन्त थापा रहेका छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij