JanataToday.com

Advertisment

SKIP THIS

नेपालले १३ औं सागको पुरुष फुटवलको फाइनल खेलमा आज भुटानको सामना गर्दै

नेपालले १३ औं सागको पुरुष फुटवलको फाइनल खेलमा आज भुटानको सामना गर्दै

काठमाडौं।
नेपालले १३ औं सागको पुरुष फुटवलको फाइनल खेलमा आज भुटानको सामना गर्दैछ । भुकम्पपछि बनेको दशरथ रंगशालामा नेपालले १३ औं सागको समापनमा फुटबलको फाईनल खेल खेलाउने तयारी गरेको हो ।

खेल दिउसो ३ बजे हुनेछ । पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ ।भुटान पछिल्लो समय दक्षिण एसियाली फुटबलमा उदाउँदो शक्तिको रुपमा अगाडी बढेको छ । उसले घरेलु फुटबलमा ठुलो लगानी गरेको छ । ग्रासरुट फुटबलमा गरेको लगानीले अहिले सिनियर स्तरमा ठुलै प्रतिफल दिईरहेको छ ।यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो ।पहिलो खेलमा भुटानलाई नेपालले ४–० गोल अन्तरले हराएको थियो ।

सागको फुटबललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बार्षिक क्यालेन्डरमा समावेश नगरेपछि भारतले पुरुष फुटबल खेलेन । नेपाल प्रतियोगितामा अपराजित छ ।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो ।

बगलादेशलाई हराउँदै नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाईनल प्रवेश गर्यो । सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

भुटान फुटबलको इतिहासमै पहिलो पटक सागको फाइनल पुगेको हो । भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १–० को अप्रत्यासित जित निकालेको थियो ।

दोस्रोमा नेपालसँग पराजित भएपनि तेस्रोमा माल्दिभ्सलाई २–१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहिन छन् ।

पहिलो पटक फाईनल प्रवेश गरेको भुटान उपाधि भिडन्तमा नतिजा नेपाललाई सुम्पिन चाहदैन । भुटानविरुद्ध सिनियर स्तरका प्रतियोगितामा नेपालनै हाबी हुदै आएको छ । तर, पछिल्लो समय अन्डरडगको परिचय बनाएको भुटानले उमेर समूहमा निकै राम्रो नतिजा निकाल्दै आएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij