JanataToday.com

Advertisment

SKIP THIS

न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन प्रधान न्यायधिस जबराको आग्रह

न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन प्रधान न्यायधिस जबराको आग्रह

बुटवल ।
नेपाल बार एशोसियशनको आयोजनामा आजदेखि बुटवलमा सुरु भएको मानवअधिकार सम्बन्धि राष्ट्रिय सम्मेलन तथा ४६ औं कार्यकारिणी परिषदको बैठक आज बुटवलमा सुरु भएको छ । परिषद बैठकको उद्घाटन गर्दै प्रधान न्यायधिस जबराले न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन आग्रह गर्नुभएको छ उहाले बारको सहकार्यबिना न्यायपालिका अंगाडी बढ्न नसक्ने पनि बताउनु भएको छ । जबराले न्यायलयमाथिको बिस्वास टुट्ने नदिने बताउनुभएको छ । नेपाल बार एशोसिएसनको आयोजनामा आज देखि बुटवलमा सुरु भएको मानब अधिकार राष्ट्रिय गोष्ठि तथा ४५ औं केन्द्रीय कार्यकारिणी न्याय परिषदको बारेमा अहिले भैरहेका टिका टिप्पणी प्रति आफु सचेत रहेको पनि बताउन’भयो ।

यसअंगाडी बोल्ने कतिपय बक्ताहरुले प्रधानन्यायधिश जवराको मिलेमतोमा न्यायधिश नियुक्तिका लागि न्यायपरिषद सदस्यलाई राजिनामा गराएको आरोप लगाएका थिए ।
त्यसको खण्डन गर्दै न्याय परिषद अध्यक्ष समेत रहनु भएका प्रधानन्यायधिश जवराले न्याय परिषद सदस्य पदमप्रसाद बैदिकले आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा गरेको प्रष्ट्याउनु भयो ।
बैदिक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा सरकारको रिफारिसमा परिषद सदस्य हुनु भएको थियो
उहाँले नाम नलिईकनै भन्नुभयो–‘उहाँलाई न्यायधिश नियुक्तिकालागि राजिनामा गर्न लगाईएको होईन, आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा गर्नुभएको छ ।
परिषद सदस्यबाट राजिनामा गर्दैमा नियुक्ति हुन्छ नै भन्ने पनि नभएको उहाँले बताउनु भयो । उहाँको नाममा पनि छलफल हुन सक्ने प्रधानन्यायधिश जवराले बताउनु भयो । त्यस्तैगरी उहाँले आदेश तथा फैसलाहरु बाहेसपूर्ण देखिए त्यस्ता न्यायधिशलाई छानविन गर्दा त्यसको बिरोधमा नउत्रीन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले न्यायपालिका सक्षम नभए जनताका अधिकारको रक्षा हुन नसक्ने भन्दै न्यायपालिकालाई स्वतन्त्र,निष्पक्ष र सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । न्यायपालिका स्वतन्त्र र सक्षम नभए मुलुकमा लोकतन्त्र रहन नसक्ने भन्दै मन्त्री यादवले न्यायधिस नियुक्तिमा राजनीतिक रंगरोगन गर्न नहुने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल बारका पूर्व अध्यक्षहरु कृष्ण प्रसाद भण्डारी,बर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ,बिश्वकान्त मैनाली,सेरबहादुर केसी,बर्तमान उपाध्यक्षहरु इश्वरी प्रसाद भट्टराई,रक्षा बस्याल,सुनिल कुमार श्रेष्ठ,महासचिब लिलामणि पौडेल,कोषाध्यक्ष रुपचन्द्र पोखरेल लगायतले बोल्दै पछिल्लो समय न्यायपालिकाप्रति जनआस्था घट्न थालेकोले न्यायपालिका संवेदनशील हुनुपर्ने कुरामा जोड दिनुभएको थियो भोली सम्म चल्ने कार्यक्रममा देशभरका ८ सय बढि कानून व्यवसायीहरु सहभागि रहेको आतिथ्य शाखा उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष जोग बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij