JanataToday.com

Advertisment

SKIP THIS

पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने

पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने

काठमाडौ ।
हिजो बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हिजो बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ ।
यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ ।
उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणालीका कारण पश्चिमी भूभागका धेरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
पर्सिसम्ममा यो प्रणालीको अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij