जनता टुडे /बुटवल
बुटवल–११ स्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रदेश पाँच योजना आयोगका उपाध्यक्ष डा। इश्वर गौतमले प्रदेश सरकारले खानेपानी र सरसफाईका धेरै योजनाहरू अगाडि सारेको बताउनुभयो ।
डा। गौतमले पछिल्ला वर्षहरू जलबायु परिवर्तन र मानवीय गतिविधिहरूले पानीका स्रोतहरू हराउँदै गएको भन्दै गौतमले पानीको संरक्षण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बुटवल वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवल उपमहानगरपालिकाले सरसफाई र स्वच्छताका कार्यहरु अगाडि बढाएको छ ।
कार्यक्रममा डिभिजन खानेपानी कार्यालय योगिकुटी, रूपन्देहीका डिभिजन प्रमुख राजकुमार चौधरी, साहित्यकार चतुभुज आत्रेय, मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्री, निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर पाँचका अध्यक्ष नवराज श्रेष्ठ, महिमा ज्योति मण्डलीका अध्यक्ष मनोहर पाठक, दीपावली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद न्यौपाने, समाजसेवी राजेन्द्र ढकाल, कालिकानगर खानेपानी संस्थाका सल्लाहकार मेघराज न्यौपाने, जागरण महिला समूहका अध्यक्ष मन्जु खड्का लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा डिल्लीराज भुसाल, जमुना पाण्डे, दुर्गा श्रेष्ठ तिवारी, यमकुमार रानालाई सम्मान गरिएको थियो । देवसिद्ध खानेपानी संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता, उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो । देवसिद्ध खानेपानी संस्थाले १० करोड रुपैयाँका परियोजनाहरु अगाडि बढाएको छ । हालसम्म ४ करोडका सम्पन्न भइसकेका छन् । खानेपानीको ४ लाख लिटर क्षमताको खानेपानी ट्याङकी छ । खानेपानीबाट ८ सय १० घरधुरी लाभान्वित भएका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्