बुटवल ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका संस्थापक कोषाध्यक्ष एवं पुर्व महासचिव जयराज शाक्यको निधन भएको छ ।
७७ वर्षिय शाक्यको हृदयघातका कारण हिजो राति काठमाडौंमा निधन भएको हो । काठमाडौंस्थित छोरीको घरमा बस्दै आएका शाक्यलाई बाथरुममा नुहाउने क्रममा अकस्मात हृदयघात भएको थियो । लगत्तै नर्भिक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्वर्गीय शाक्यका दुई छोरा र एक छोरी छन् । स्वर्गीय शाक्य २०३१ देखि २०३३ सालसम्म भलाई कोषको संस्थापक कोषाध्यक्ष बनेका थिए । त्यसपछि उनी २०४९ सालसम्म लगातार महासचिव रहेर काम गरेका थिए । उनकै परिकल्पना बमोजिम बुटवलमा यातायात मजदूर भलाई कोष स्थापना भएको थियो ।
शाक्यको निधन भएकोमा यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले सोमबार श्रदान्जली सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले स्वर्गीय शाक्यले भलाई कोष स्थापनामा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनको योगदानलाई संस्थाले कदर गर्नुपर्ने बताउनुभयो तत्कालीन अवस्थामा भलाई कोष स्थापना गर्नु निकै चुनौती रहेको भन्दै उहाले शाक्यले त्यो चुनौतीलाई पार गरेर संस्थापना गरेकाले अहिले यातायात मजदूर तथा व्यवसायीहरुलाई ठूलो राहत पुगेको बताउनुभयो ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषको स्थापना र संस्थागत विकासमा स्वर्गीय शाक्यले खेलेको भूमिकाको प्रशंसा गर्दै उनकै योगदानस्वरुप आफूहरु अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । उहाले स्वर्गीय शाक्यलाई संस्थाले सधै सम्झिरहने बताउनुभयो ।
कार्यक्रममा कोषका महासचिव योग गुरुङले स्वर्गीय शाक्यप्रति श्रदान्जली व्यक्त गर्दै उनको निधनले कोषलाई ठूलो क्षति पुगेको बताउनुभएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्