जनता टुडे ,बुटवल
मेचीकाली सन्देश प्रकाशन प्रालि द्धारा प्रकाशित मेचीकाली दैनिकको २० औं वार्षिकोत्सव आज सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा प्रदेश पांचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले समाचार सत्य हुनुपर्ने बताउनुभएको छ उहाले पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वासनीयता नहुने बताउनुभयो ।मन्त्री चौधरीले पत्रकारितामा विश्वसनीयता हुनुपर्ने बताउनुभएको छ । उहाले ले समाचारहरु अन्दाजका भरमा लेख्न लहुने पनि बताउनुभयो ।प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले प्रदेश पांचको राजधानी बुटवल भन्दा बाहिर जान नसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक बसन्तराज खनाल, पूर्व सांसद देवेन्द्र घिमिरे, लुम्बिनी दैनिकका अध्यक्ष मोहन चापागाई, बुद्ध सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक विष्णु भुसाल, पत्रिकाका पूर्व सम्पादक डिआर घिमिरे, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिने पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, लेखक तथा स्तम्भकार इन्जिनियर खेटराज दाहाल लगायतले बोल्दै पत्रिकालाई व्यवस्थित र विश्वासनीय बनाउन सुझाव दिनुभएको थिो।
होमराज बस्यालको अध्यक्षता र विष्णु गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवलबाट प्रकाशित हुंदै आएको मेचीकालीले आफ्ना कर्मचारी र सम्वदाताहरुलाई सम्मान गरेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्